यो मन त मेरो नेपाली हो ..

केशव पाठक, पोखरा, ५ माघ ।
पोखरा यति बेला फुटबलको रौनकले तातेको छ । भलै मौसम माघको चिसो भए पनि । यहि मेसोमा सात समुद्र पारी अमेरिका बाट एउटा फुटवल टोली पोखरा रंगशालाको फुटबल मैदान तताउन आएको छ । एशोसियसन अफ नेप्लीज इन द अमेरिकन (एनए) को नेतृत्वमा आएको फुटबल टोलीले पोखरेली पत्रकार माझ साक्षात्कार गर्ने अवसर जुटायो।

नेपाल खेलकुद पत्रकार मंच कास्कीको आयोजनामा भएको उक्त कार्यक्रममा एनए का प्रेसिडेन्ट मेदीनी अधिकारीले आफुहरु खेल जित्नको लागि भन्दा पनि मनका भावना साट्न आएको बताए । उनले भने ‘विश्वमा ४० लाखको हाराहारीमा नेपाली विदेशमा छन तर उनीहरुको मन संधै नेपालमा नै हुन्छ ।’ उनले अगाडी भने ‘आखिर जहाँ भए पनि यो मन त नेपाली हो।’

अहिले नेपालको विकासका लागि आत्मबलको खाँचो रहेको कुरा औल्याउँदै अधिकारीले भने एनआरएनए को सहयोगमा हामीले नेपालको खेलको विकासका लागि धेरै गर्न सक्छौ उनले भने । एनएका कन्भेनर तथा अफिसर विजय श्रेष्ठले अमेरिका भरि छरिएर रहेका नेपालीहरु विच एकता प्रर्दषित गर्न पनि संस्थाले भूमिका खेलिरहेको बताए । उनले नेपालको विकासमा एनए संग जोड्न आग्रह गर्दै नेपालीहरु विदेशमा रहे पनि मन र मुटु संधै नेपालमा नै हुने वताए।
….
….
कार्यक्रममा उशुका पूर्व अन्तराष्ट्रिय खेलाडी तथा एनए का स्र्पोट्स चियर लिड चन्द्र लामाले एनएको टिममा केही शसक्त खेलाडी रहेको तर्फ इगित गर्दै लामो यात्रा र थकानले खेलाडीमा केही शिथिलता आए पनि आहा रारा गोल्ड कप लिएर जानको लागि नै टिम मैदानमा उत्रने वताए । सो अवसरमा नेपालका पूर्व राष्ट्रिय खेलाडी तथा एनएका टिम क्यापटेन प्रलय राजभण्डारीले झापा ११ संगको खेल निकै रोमाञ्चक हुने वताए । ‘पोखराको खेल मैदान र परिवेश खेलाडीका लागि नयाँ भए पनि टिममा अमेरीकको प्रतिष्ठत क्लव संग आवद्ध भएका खेलाडी भएकाले हामी जित्नका लागि खेल्ने छौ’ उनले दावी गरे।

नेपाल खेलकुद पत्रकार मंच कास्कीका अध्यक्ष केशव पाठकको अध्यक्षतामा भएको कार्यक्रममा टिम व्यवस्थापन समितीका सदस्य बखन थापा, टिमका प्रशिक्षक सुरज थापा सहभागी थिए । एनए टिम माघ ६ गते झापा ११ संग पोखरा रंगशालामा भिडुदैछ । उनीहरु अमेरीकका स्थित पाँच राज्य बाट ६० मध्ये २० जना खेलाडी छनौट गरि पोखरा खेल्न आएका हुन।





Comments

comments

Leave a Reply

15958