कीर्तिनिधि विष्टबाट नइलाई ३० लाख, रू.एकएक लाखका दुई पुरस्कार थप

एचकेनेपाल डट कम संवाददाता –
काठमाडौँ‌, १६ माघ। पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टले नइ प्रकाशनको अक्षयकोष स्थापनार्थ ३० लाख रुपियाँ प्रदान गरेका छन्। आजै विष्टले नइ प्रकाशनलाई सोही प्रयोजनका लागि १० लाख रुपियाँ प्रदान गरेका छन्।

नइ प्रकाशनले पूर्वप्रधानमन्त्री विष्टका बुबाआमा चन्द्रनिधि विष्ट र धनकुमारी विष्टका नाउँमा हरेक वर्ष एक लाख रूपियाँ राशिको “नइ चन्द्रधन पुरस्कार” प्रदान गर्ने भएको छ। यस भन्दाअघि यो पुरस्कारको राशि पचास हजार रुपियाँ रहेको थियो । दस वर्षअघि यो पुरस्कार स्थापना भएको थियो ।

सनातन हिन्दू धर्ममा समर्पित एक जना विशिष्ट व्यक्तित्व वा हिन्दू धर्मसंस्कृति प्रवर्द्धनहेतु लेखिएको उत्कृष्ट कृतिलाई उक्त पुरस्कार प्रदान गरिदै आएको थियो।

नइ प्रकाशनले पूर्वप्रधानमन्त्री विष्टको सम्मानमा पनि “नइ कीर्तिनिधि पुरस्कार” प्रदान गर्दै अएको छ । अबदेखि हरेक वर्ष एक लाख रूपियाँ राशि सहित यो पुरस्कार समर्पण गरिने भएको छ । यस भन्दाअघि यस पुरस्कारको राशि पचास हजार रुपियाँ रहेको थियो । देशभक्त चिन्तकलाई प्रदान गरिने “नइ कीर्तिनिधि पुरस्कार” सात वर्षअघि स्थापना भएको हो।

नइ प्रकाशनले हरेक वर्ष १२ लाख रूपियाँ राशि सहित देशदेशान्तरका प्रतिभालाई २८ ओटा पुरस्कार समर्पण गर्दै आएको नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
….

….





Comments

comments

Leave a Reply

16061