Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

एमाले युवा नेता तिवारीको हत्यामा काठमाडौंका ‘डन’ पनि!

काठमाडौं, १८ माघ । युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा काठमाडौंका गुन्डा नाईकेहरूको समेत संलग्नता खुलेको छ।

कुमार घैंटेको हत्यापछि फरार रहेका सिफलका गुन्डा नाइके समिरमान सिंह बस्नेत समेत तिवारी हत्यामा संलग्नता खुलेको उच्च प्रहरी स्रोत बताउँछ।

गत ४ पुसमा तिवारीको गोली हानी हत्या भएको थियो । डेढ महिना बित्दा पनि हत्यामा संलग्न कसैलाई प्रहरीले पक्राउ गर्न सकेको छैन। बुटवलमा गुन्डागर्दी गर्ने मनोज पुन र बस्नेत मिलेर तिवारीको हत्या भएको हो।

उनीहरूले अरुलाई पनि तर्साएर पैसा उठाउन हत्या गरेको स्रोत बताउँछ । बस्नेतको संलग्नता खुलेपछि उनलाई पक्राउ गर्न चासो दिइएको छैन।

बस्नेत राजधानीमा कांग्रेसका नेताहरूको संरक्षणमा बसेर गुन्डागर्दी गर्दै आएका थिए । कुमार घैंटेको निकट रहेका उनी घैंटे डेढ वर्षअघि प्रहरी इन्काउन्टरमा मारिएपछि भागेका हुन् । उनी भारतमा लुक्दै आएको स्रोतले बताउँछ । बुटवलका पुन पनि भारतमै बस्दै आएका छन्।

भारतमा एकीकृत भई उनीहरूले धम्की र हत्याको धन्दा सुरु गर्न लागेका थिए । त्यसैको सुरुवातका रुपमा तिवारीको हत्या गरेका हुन्।

हत्यापछि विभिन्न व्यवसायीहरूलाई धम्काएर पैसासमेत असुलिसकेका छन्। उनीहरूलाई पक्राउ गर्न प्रहरीले चासो नदिएको खबर दृष्टि साप्ताहिकले छापेको छ।

एआईजी बिज्ञानराज शर्माको अध्यक्षतामा छानविन समिति गठन भएको थियो । शर्माले पनि छानविनमा चासो दिएका छैनन्।
….
[wds id=”5″]
….





Comments

comments

Leave a Reply

16084