Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

Breaking News: हङकङका पूर्व कार्यकारी प्रमुख डोनाल्ड च्याङलाई हत्कडी लगाउंदै २० महिनाको लागि जेल लगियो

फोटो सौजन्यः आरटीएचके

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २२ फेब्रुवरी। हङकङका पूर्व कार्यकारी प्रमुख डोनाल्ड च्याङलाई बुधवार हरियो पोशाकधारी प्रहरीले दुबै हातमा हत्कडी लगाउंदै २० महिनाको लागि जेल लगिएको छ।

अदालतले कार्यकारी परिषदबाट व्यापारी बिल वाङसंग सौदाबाजी गरेको दोषी ठहर गर्दै ७२ वर्षीय च्याङलाई २० महिनाको जेल सजाय तोकेको हो।

न्यायाधीश एन्ड्रु चाङले फैसला सुनाउंदै – ‘मेरो न्यायिक करियरमा एउटा मान्छे यति ठूलो उचाईबाट खसेको कहिल्यै देखिंन।’ उनले भने। जेल पर्नेमा च्याङ हङकङको पहिलो सबैभन्दा उच्च ओहदाका अधिकारी हुन्।


फाईल फोटो

शुरुमा ३० महिनाको जेल सजाय भनिएपनि च्याङको विगतको आचरण राम्रो भएको र हङकङलाई राम्रो सेवा दिएको भन्दै १० महिना जेल सजाय कटौदी गरेको न्यायाधीशले सुनाए।

न्यायाधीशले २० महिना जेल सजायको फैसला सुनाउंदा डोनाल्ड च्याङले आँखा चिमिक्क चिम्लेका थिए। च्याङलाई जेल सजायको फैसला सुनाएपछि उनकी श्रीमती सेलिना च्याङ रोएकी थिइन्।





Comments

comments

Leave a Reply

16378