Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

पोखरामा उत्तम बनेपालीको फेसन ट्रेन्ड्स हुंदै…

नेपालका चर्चित फेसन डिजाइनर उत्तम बनेपाली पाँच बर्षको लामो अन्तरालपछि आफ्नो डिजाईनहरु ” फेसन ट्रेन्ड्स २०१७ पोखरा ” मार्फत प्रस्तुत गर्दैछन्।

धरानबाट आफ्नो फेसन यात्रा सुरुवात गरि देश – विदेशमा उत्तिकै चर्चित उत्तम बनेपालीले यसपाली आफूसंगै आफ्नो फेसन इनस्ट्टिच्युट सेन्ट्रल फेसन हबका दुई विद्यार्थीहरु इशु मगर र अन्जना श्रेष्ठको डिजाईनलाई समेत र्याम्पमा उतार्दैछन्।

ट्रेडिसनल गाउन ,लेहेंगा ,क्याजुअल डिजाईन, फोर्मल शुट लगायतका डिजाईनमा मिस नेपाल २०१६ अस्मि श्रेष्ठ ,मिस नेपाल अर्थ रोसनी खत्री , मिस नेपाल इन्टरनेसनल २०१४ शुभेक्छा खड्का ,नायिका नम्रता श्रेष्ठ , आंचल शर्मा , मरिश्का मेरी पोख्रेल, रीमा बिस्वकर्मा ,हर्शिका श्रेष्ठ , अलिशा राइ , मिस पुर्वान्चल २०१६ कृतिका गिरि , फर्स्ट रनर अप इक्शा मादेन , मोडल / नायक मन्चिन शाक्य , अमित श्रेष्ठ , अमित ढुंगाना , प्रज्जवल गिरि , पल शाह ,रोशन श्रेष्ठ ,गायक सपन श्रेष्ठ लगायतका दर्जनौले पोखराको ग्रान्ड होटलमा आयोजना हुने भब्य शोमा र्याम्प नाप्ने छन्।

१९९७ मा धरानबाट समर ९७ नामको भब्य फेसन शो मार्फत चिनिएका डिजाइनर उत्तम बनेपालीले देश भरका विभिन्न सहरमा थुप्रै शो गरिसकेकाछन्।

सेलीब्रेटीका प्रिय डिजाइनर मानिने बनेपाली २००५ देखि मिस् नेपालको डिजाइनरको रुपमा काम गरिरहेका छन्।

हाल ललितपुरको उत्तम्स् क्रियसन बुटिकसंगै सेन्ट्रल फेसन हब नामक आफ्नो फेसन इनस्ट्टिच्युट समेत संचालनमा ल्याएका उत्तम बनेपालीले हेटौडामा गत् बर्ष इनस्ट्टिच्युट संचालनमा ल्याएका छन् भने आउदो शनिबारबाट पोखरामा समेत इनस्ट्टिच्युट संचालनमा ल्याउदैछ्न् भने सोही दिन साँझ पोखरामा पहिलो पल्ट आफ्नो भब्य फेसन शो गर्दैछन्। बायोटेक डिस्टिलरीको बायो व्हिस्की तथा बायो वोड़काले मुख्य प्रयोजन गरेको कार्यकर्म सिल्भर इन्टरटेनमेन्टले आयोजना गर्दैछ।





Comments

comments

Leave a Reply

16459