बेलायतमा गोर्खा सैनिकहरुले यसरी मनाए महाशिवरात्रि…!!!

रोशन मेवाहाङ्ग / एचकेनेपाल डट कम-
लण्डन, १४ फागुन । बेलायती गोर्खा सैनिकहरुले गफोक्सटनस्थित दोस्रो गोर्खा रेजिमेन्टको मन्दिरमा महाशिवरात्रि मनाएका छन्। भगवान शिवको पूजा रेजिमेन्टका पण्डित शंकरमणि नेपाल र गोर्खा मेजर मेजर गजेन्द्र आङ्गदेम्बेले आराधना गरी गोर्खा रेजिमेन्टका सैनिकहरुले महाशिवरात्रि धुमधामसँग मनाएका हुन्।

रेजिमेन्टका पण्डित शंकरमणि नेपालले आ-आफनो परिवार भित्रको माया, प्रेम र सद्वभावको व्यावहारिक ज्ञान दिदै भगवान शिवको जीवन कथामा भगवान शिव शिकार खेल्न गएका र जाँड रक्सिको रवाफले मात्र प्रियतमलाई मिठो मुस्कान दिन नसकिने बताए।

पण्डित नेपाल र गोर्खाहरुको उच्च ओहदाका गोर्खा मेजर, मेजर गजेन्द्र आङ्गदेम्बेले गोर्खा रेजिमेन्टमा प्रख्याप्त मानिने आरती भजन सुरुवात गरेका थिए।

मेजर आङ्गदेम्बेले शिवरात्रिको उपलक्ष्यमा जीवनमा सधै सफलताको अनुभूति पाईरहुन् भन्दै शुभकामना दिए। बटालिएनका वारेन्ट अफिसर वान संगम राई, वारेन्ट अफिसर टु सिव कुमार राई, सहसेनाली डिल्लीकुमार राई, राम राई,मेजर राज राई, वारेन्ट अफिसर कैलाश खेबाङ्गलगायतको उपस्थिति रहेको थियो।

गोर्खा रेजिमेन्टका धरान निवासी दुर्गा लिम्वुले भने –‘ फौजीहरु धर्ममा आस्था राख्छन् धार्मिक स्थलतिर जोगीहरु नाङ्गै भगवानको प्रतिविम्व बनेर मन्दिर परिसरमा देखिदा असहज महसूस हुन्छ।’

पण्डित नेपालले भने– ‘भगवान शिवले मान्छेको जीवनमा जहिले पनि अगाडि सोच्न, हाम्रो साथमा जे छ त्यो सहयोग गर्ने भावना भगवान शिवसँग जब उत्पन्न भयो अनि सुरु भयो उनको महत्वपूर्ण रात्रिको ।’ यस दिनलाई शिवको जन्म दिन नभनिए पनि उनको पहिलो सर्वाधिक मन पर्ने रात्रिको रुप लिन सकिने पण्डित नेपालले दावी गरे। भगवान शिव कहिले जन्मे उनको केही इतिहास नपाईएको उनले जानकारी दिए।

नेपाली समाजमा परम्परा भएपनि नागाबाबाले नाङ्गै हिड्न नहुने पत्रकार सुष्मा रुपाबुङ्ग राईले आफ्नो सामाजिक सञ्जालमा अभिव्यक्ति दिएकी छन्। जेठाजूहरुलाई कपाल समेत देखाउन लाज मानिने प्रचलनमा आफू हुर्किएकी राई दोस्रो गोर्खा बटालियनमा डाईमन्ड लाहुरेको जीवन साथी हुनमा गौरव राख्दै उनले भनिन् नाङ्गो तस्विरले नेपालीहरुको अपहेलना गरिरहेको छ।

नेपालमा हरेक बर्ष पुशपति क्षेत्रमा भक्तजनको घुँइचो लाग्ने र भारतका विभिन्न स्थानबाट आएका नागाबाबा ,भक्तजनको बाक्लो उपस्थिति साथै नागा बाबाहरुको नाङ्गो तस्विरहरु सामाजिक सञ्जालमा छ्यापछ्याप्ति देखिन्छ।

नागा बाबासँग जोडिएर तस्विर खिचाउन रुचाउने युवा बढ्दै गएपनि गोर्खा रेजिमेन्टका कलिलो सैनिकहरुले नागाबाबाको नाङ्गो दृश्यलाई खासै नराम्रो ठान्दैनन् । तर पाका सैनिक सोलु निवारी श्याम राई र सुनसरी धरान निवासी दुर्गा लिव्बुले भने नागाबाबाको नांगो दृश्य सुहाउंदो नभएको बताए।

पशुपतिक्षेत्रमा नाङ्गा नागाबाबाहरु देखिनु जायज छन् कि छैनन् बहसको विषय बनेको छ।





Comments

comments

Leave a Reply

16497