Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

स्वास्थ्यमन्त्रीले दान गरे आफ्नो शरीरका सात अंग…

भक्तपुर, स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफ्ना शरीरका सात वटा अंग दान गरेका छन्। उनले मृत्युपश्चात् मुटु, फोक्सो, कलेजो, प्यान्क्रियाज, मिर्गौलालगायत दान गर्ने मञ्जुरी दिएका हुन्।

स्वास्थ्य सेवा दिवसको अवसरमा आइतबार मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरले स्वास्थ्य मन्त्रालयमा आयोजना गरेको कार्यक्रममा स्वास्थ्यमन्त्री थापाले मृत्युपश्चात् अंग दान गर्ने मञ्जुरीनामामा हस्ताक्षर गरेको खबर अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठका अनुसार स्वास्थ्यमन्त्री थापा मुटु, कलेजो, फोक्सो, प्यान्क्रियाज दान गर्न मञ्जुरी दिने प्रथम नेपालीसमेत बन्न सफल भएका छन्। मिर्गौला दान गर्न मञ्जुरी दिने प्रथम नेपाली भने वरिष्ठ प्रत्यारोपणविद् डा. श्रेष्ठ आफैं हुन्।

उक्त कार्यक्रममा ६० जनाले मृत्युपश्चात् मुटु, कलेजो, फोक्सो, मिर्गौला र प्यान्क्रियाज दान गर्ने मञ्जुरीनामामा हस्ताक्षर गरेको केन्द्रले जनाएको छ।

त्यस्तै, स्वास्थ्य सेवा दिवसकै अवसरमा आयोजित निःशुल्क मिर्गौला जाँच शिविरमा दुई सय २२ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।जसमा दुई सय २२ जनाकै पिसाब जाँच, एक सय ७५ जनाको रगत जाँच र ४० जनाको अल्ट्रासाउन्ड गरिएको थियो । उक्त शिविरमा २१ जनामा मिर्गौलाको रोग लागेको पाइएको केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले जानकारी दिए।





Comments

comments

Leave a Reply

16531