Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

चर्चित पत्रकार रविन्द्र मिश्रले नयाँ पार्टी खोल्ने! डा. गोविन्द केसी र राजेश हमाललगायत समिटिने…

काठमाडौं, १७ फागुन । चर्चित पत्रकार रविन्द्र मिश्रले बीबीसी नेपाली सेवा छाड्ने भएका छन् । राजनीतिमा लाग्न उनले बीबीसी नेपाली सेवाको मासिक ६ लाखको जागिर छाड्न लगेका हुन् ।

मिश्र नयाँ पार्टी स्थापना गर्न लागेका हुन । राजनीतिमै लाग्न उनले यसअघि हेल्प नेपाल नामक संस्थामार्फत समाजसेवा गर्दै आएका छन् । सोही संस्थाका पदाधिकारीहरुलाई समेत समेटेर उनले राजनीति सुरु गर्न लागेका हुन्।

२ वर्ष पहिलेदेखि नै उनी राजनीतिमा लाग्ने चर्चा चल्दै आएको थियो । डा. बावुराम भट्टाराईसँग मिलेर नयाँ पार्टी गठन गर्ने चर्चा चलेको थियो । तर मिश्रलगायत केही ब्यक्ति उक्त पार्टीमा लागेनन्।

मिश्र, पूर्वमुख्यसचिव लिलामणि पौडेल तथा अर्थशास्त्री डा. स्वर्णिम वाग्ले लगायत मिलेर नयाँ पार्टी गठनको तयारी गरेका थिए। तर, पौडेल चीनको राजदूत भएपछि उनीहरुको योजनामा धक्का लागेको थियो । अन्य विभिन्न प्रतिष्ठित व्यक्तिहरुलाई समेटेर मिश्रले पार्टी गठन गर्न लागेको स्रोत बताउँछ।

जसका लागि डा. गोविन्द केसीदेखि नायक राजेश हमाल समेत उनले छलफल गरेका छन्। पूर्वप्रशासक तथा साहित्यकारहरुलाई समेटेर मिश्रले पार्टी घोषणा गरी राजनीतिमा लाग्न लागेका हुन्। सुशासन र देश विकासको भिजनसहितको घोषणापत्रहरु समेत तयार भइसकेको बातइन्छ । दृष्टि साप्ताहिकमा खबर छ।





Comments

comments

Leave a Reply

16549