Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

ब्रो सीस ब्याण्डका दिपु गुरुङले नयाँ बर्षमा नयाँ एलबम बजारमा ल्याउने…

एचकेनेपाल डट कम संवाददाता –
दर्जनौं लोकप्रिय गीत गाएर स्रोताको मन मनमा बसिसकेका ब्रो सीस ब्याण्डका दिपु गुरुङले फेरि नयाँ एलबमलाई बजारमा ल्याउने भएका छन्। गायक दीपु गुरुङ २००८ सालबाट लण्डनमा बसोबास गर्दै आएता पनि आफ्नो गीत संगीत देखि भने कहिले अलग भई बस्न सकेनन । लण्डनको विभिन्न संस्कृतिक कार्यक्रमहरुमा आफ्नो ब्याण्डको गीतहरु गाएर त्यहाँ रहेकाका नेपाली स्रोताहरुको मन जित्न सफल उनले अन्ततः आफ्नो नयाँ एलबम लिएर स्रोतामाझ आउने भएका हुन्।

उनले ल्याउने ब्रो सीस भोलुम ४ को उक्त एलबमको गीतको भर्खरै रेकर्डिङ्ग र म्युजिक भिडियो सकेर उनी नेपालबाट लण्डनतिरै फर्किसकेका छन्। नयाँ बर्ष २०७४ सालसँगै आफ्नो नयाँ एलबमलाई स्रोतमाझ बजारमा ल्याउने उनले जानकारी दिए । उक्त एलबमलाई उनले नेपालमै आएर विमोचन गराउने योजनामा रहेका छन् । सो एलबममा ‘चन्चले…’, ‘मन मेरो…’, ‘पागल प्रेमी (नयाँ भर्सनमा) …’ आदी बोलको गीतहरु समावेश गरिएको उनले बताए।

चाँडै बजारमा ल्याउने तयारीमा रहेको उक्त नयाँ एलबमको गीतमा नेपालीको पुरानो मौलिकतालाई हराउन नदिने उनी बताउँछन् । ‘हामीले हाम्रो पुरानो मौलिकतालाई हराउन दिएका छैनौं ।’ उनले भने– ‘तर पुरानो मौलिकता भन्दैमा त्यही पुरानै पाराले पनि लागेको छैनौ ।’ आफ्ना पहिलाका स्रोता र अहिलेको पछिल्ला पुस्ता दुबैलाई मन पराउने खालको गीतहरु बजारमा ल्याउने उनले जानकारी दिए । धेरै वर्षपछि अनि धेरै मेहनत पछि ल्याउन लागिएको उक्त एलबमका गीतहरुलाई स्रोताहरुले मन पराउने विश्वास सो ब्याण्डले लिएको छ । विगतमा झै फेरि पनि नेपाली गीत संगितका पारखी तथा स्रोताहरुले आफू र आफ्नो एलबमलाई माया गर्नु हुनेछ मन पराउनु हुनेछ भन्ने आशा राखेको सो ब्याण्डका दिपु गरुङले वताए।

ब्रो सीस ब्याण्ड ‘बस सुन्दरी ठण्डी महिना जाडो छ…’, ‘पागल प्रेमी मलाई बनाएउ…’, ‘झर झर झर्ने झरनाको पानी…’ ‘चाइना कम्पनि…’ जस्ता बहुचर्चित र लोकप्रिय गीतहरु गाएर स्रोताहरुको मन जित्न सफल चर्चित ब्याण्ड भित्र पर्छ । ५ जनाको टिम रहेको ब्रो सिस ब्याण्डले विगत १९९८ सालदेखि नेपाली गीत संगितको क्षेत्रमा आफ्नो बलियो उपस्थिति जनाउँदै आएको छ । नेपालको पश्चिमी भेग सुन्दर नगरी पोखराको बहुचर्चित ब्याण्डको रुपमा स्थापित ब्रो सीसले नेपाली गीत संगितका स्रोता माझ निक्कै चर्चित गीतहरु पस्किसकेको छ।





Comments

comments

Leave a Reply

16592