Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

गायिका मनु नेम्बाङ्गको रातमा फुल्ने जुनेली…

रोशन मेवाहाङ्ग/ एचकेनेपाल डट कम-
लण्डन, २० फाल्गुन । सबै गीत संगीतमा आआफ्नोपन हुन्छ, भावना पोख्ने र गाउने अलग-अलग तौर-तरिका भएपनि गीत संगीतले दिने संदेश र आनन्द भने फरक-फरक हुन्छ । यस्तै एउटा पृथक गीत चर्चित गायिका मनु नेम्वाङ्गले हालै मात्र बजारमा ‘रातमा फुल्ने जुनेली भुइमा झर्दैन’ बोलको गीत सार्वजनिक गरेकी छन्।

राजकुमार तेयुङ्गको शब्द रहेको उक्त गीतलाई इन्द्रशुसिल चोङ्गवाङ्गले लयबद्ध गरेका छन् पूर्बेली लयमा बनेको यस गीतलाई मनु नेम्बाङ्ग,इन्द्रशुसिल र टिका लिम्बुले गाएका छन् । चन्द्र बाम्बुलेद्वारा निर्देशित तथा सम्पादित उक्त म्युजिक भिडियोलाई ‘एभरेष्ट कल्चरल मिडिया’ लगनखेलबाट उत्पादन तथा वितरण गरिएको छ।

लिम्बु भाषाका गीतसंगीत र सस्कृति सम्बर्धनका लागि लागि परिरहेकी गायिका मनुले करीब १२ सय जति गीतहरु गाइसकेकी छिन् भने स्विजरल्याण्ड,मलेसिया,हङकङ,कोरिया आदि देशहरुमा सांगीतिक यात्रा गरिसकेकी छन्।

उनको ‘घाँसे पोखरीमा सयौ चोट सहेर,’लिम्बु भाषाको गीत ‘तु तु गेन यम्बा’, बेशी गाउँतिरको झर्यो ,कोइला खानीमा आदि गीतहरु एक समयका चर्चित गीतहरु हुन्। पाँचथरको दुर्गम गाउँ नवमी डाँडाको सुर्केमा जन्मिएकी गायिकाले लोक तथा आधुनिक गीतहरुको गीति क्यासेट सयौ चोट सहेर, लैजाऊ रेलैमा,लिम्बु भाषाको पाःमाः एल्बमहरु श्रोतामाँझ पस्किसकेकी छन्।

अत्यन्तै गरिब परिवारमा जन्मिएकी मनुले घाँस-दाउरा मेलापात र हाट बजारहरुमा हाक्पारे ख्याली, धाननाच संगै पालाम गाएर आफ्ना संगीतको गोरेटो खनेकी थिईन, हिजो आफ्ना आवाजहरु बिना सर्त बिना उद्देश्य भिर पाखाहरुलाई मात्र सुनाइ रहेकी मनु आज नेपाली एवम लिम्बु संस्कृति र संगीतको जगेर्ना गर्न लागिपरिरहेकी सच्चा पहरेदार बनेकी छिन्।

उनको जीवनका अनगिन्ती ठक्कर र समस्याहरुलाई पन्छाउदै काठमाडौँ पुगिन् र जीवनलाई सहज बनाउन हरेक संघर्ष गरेकी छन। अनेकौ संघर्षबाट लखतरान हुदै गर्दा एकदिन चुप चाप गुमनाम भएर सिनामंगलको सुकुम्बासी टोलमा झुपडी बनाएर बस्ने निर्णयमा समेत पुगेकी थिइन् ,तर आफू भित्रको कलाको कलहले त्यहाँबाट फेरी बागबजार तिरै फर्किन्।

विभिन्न दुःख-सु:ख गर्दै औपचारिक संगीत शिक्षा शुभारम्भ गर्दै आज आफ्नै रेकर्डिङ्ग स्टुडियो एभरेष्ट कल्चरल मिडियाको स्थापना गरेकी छन्। एउटा दुर्गम गाउँमा जन्मेकी साधारण नारीको यो संघर्ष र प्रगति सामान्य मान्न सकिन्दैन। समाजमा एक उदाहरणीय गायिका मनुको सफलतालाई लिन सकिन्छ।





Comments

comments

Leave a Reply

16599