Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

यस्तो थियो सुन तस्करसँग एसएसपीको सेटिङ…

‘एसएसपी सा’बले भनेको न्युरोडतिर सिभिल प्रहरी खटाइएको छ,’ एयरपोर्ट भन्सारका कर्मचारी राज ढकाल र सुन तस्करीमा संलग्न दिलबन्धु थापाबीचको फेसबुक च्याट हो यो।

गत २० डिसेम्बरमा उनीहरूबीच कुराकानी भएको थियो। यसले सुन तस्करीमा प्रहरी र भन्सार कर्मचारीको कति मिलेमतो छ भन्ने प्रस्ट हुन्छ। उनले एसएसपी सा’ब भनेर श्याम खत्रीलाई भनेका हुन्। खत्री ३३ किलो सुन तस्करीको आरोपमा एक महिनादेखि सिआइबीको हिरासतमा छन्।

त्यसबाहेक पक्राउ परेका अन्य कर्मचारीले पनि एसएसपी खत्रीले सहयोग गरेको बयान दिएका छन्। गोप्य नम्बरबाट भन्सार कर्मचारी, एसएसपी र तस्करहरूबीच पटक–पटक कुराकानी भएको सिआइबीले जनाएको छ।

तस्करहरूसँग कुरा गर्न एसएसपी खत्रीले छुट्टै नम्बर लिएका थिए। जुन नम्बर २१ पुसदेखि स्विच अफ थियो। सोही दिन बेलुका उनले भन्सारका कर्मचारीलाई फोन गरी आफूहरूले कुरा गर्ने नम्बर र मोबाइल डिस्पोज गरेर फाल्न लगाएका थिए। सो विषय श्रीनारायण यादवले दिएको लिखित बयानमा उल्लेख छ। सोहीअनुसार उनीहरूले आइफोन फाइभसम्म ढुंगाले टुक्रा–टुक्रा बनाएर हनुमन्ते खोलामा फालेका थिए।

साढे ३३ किलो सुन तस्करीमा संलग्न भएको आरोपमा नेपाल प्रहरीका एसएसपी श्याम खत्री पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले एसएसपी खत्रीलाई पक्राउ गरेको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।





Comments

comments

Leave a Reply

16662