Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

पोखरा रंगशालामा ड्राइभिङ् सिक्नेहरुलाई यसरी लखेटे खेलाडीहरुले…

केशव पाठक – पोखरा, २३ फागुन । ड्राइभिङ्ग प्रशिक्षणका लागि भन्दै पोखरा रंगशालामा प्रवेश गर्न खोज्ने केही यातायतका साधनसहित खेलाडीहरुले लखेटेका छन्।

कास्कीका खेलाडीहरुको नेतृत्वमा करिव २ सय जना खेलाडी र खेलप्रेमीहरुले सोमबार विहान उनीहरुलाई लखेटेका हुन । ड्राइभिङ्ग सिकाउन प्रवेश गरेकाहरु यातायातका साधनसहित रंगशाला बाट भागेका थिए।

२१ वर्ष अघि गण्डकी ड्राइभिङ्ग प्रशिक्षण केन्द्रलाई भाडामा उक्त प्रशिक्षण केन्द्रलाई भाडामा दिने सम्झौता गरे पनि पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिले सम्झौताको १२ नं वुँदा अनुसार उपल्लो निकायले चाहेको बेला सम्झौता रद्ध हुने बमोजिम २०७३ माघ १० गते सात दिनभित्र ड्राइभिङ्ग हटाउन जिल्ला खेलकुद विकास समितीलाई पत्राचार गरेको थियो । सो अनुरुप जिल्ला खेलकुदले हटाए पनि सम्झौता विरुद्ध हटाएको भन्दै उनीहरु जिल्ला अदालतमा मुद्धा दायर गरेका थिए।

कास्की जिल्ला अदालतले २०७३ फागुन १२ गते सो बारे फैसला गर्दै विपक्षी जिल्ला खेलकुदका नाममा स्टे अर्डर जारी गरेको थियो । तर फैसलामा ३० दिन भित्र प्रतिउत्तर लगाउने म्याद दिएको हुनाले एक दुइ दिनभित्रै जिल्ला खेलकुदले प्रत्तिउत्तर लगाउने जिल्ला खेलकुदका प्रमुख प्रकाश बरालले जानकारी दिए । उनले भने यो मुद्धा कसैको हार वा जित होइन सम्मानित अदालतमा छलफलको क्रममा नै रहेकोले प्रशिक्षण केन्द्रले जवरजस्ती गर्नु पनि उचित छैन।

उता पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले ड्राइभिङ्ग प्रशिक्षणलाई सम्झौता बमोजिम नै हटाएको बताए । उनले यो विषय खेलप्रेमी, खेलाडीको विषय मात्र नभएर सार्वननिक हित र चासोको विषय भएको बताए । ‘रंगशाला खेलकुद बिकासको लागि राष्ट्रिय प्रतिष्ठाको विषय संग जोडिएको छ, यो खेलकुदको विश्वविद्यालय समेत हो, स्वस्थ नागरिक उत्पादन गर्ने थलोमा धुँवा धुलो र दुर्घटनाका जोखिमका कुरा पनि धेरै भए, हामी अजित भएर नै यसलाई हटाउने निधो गरेका हौं, जुन सम्झौताको १२ नं वुँदामा समेत स्पष्ट छ’ उनले भने।

‘पोखरा रंगशाला यतिबेला १३ औ साग खेलकुदको तयारीको विकासका लागि पर्खेर बसेको छ । मुलुकको प्रतिष्ठा संग जोडिएको विषय भएको र पूर्वाधार विकासका लागि तयारी सुरु गर्नु परेकोले निजी नाफा मुलक व्यवसायिक संस्थाहरुलाई रंगशालाबाट हटाउनुको विकल्प नभएको’ उनले बताए।





Comments

comments

Leave a Reply

16666