रोजगारका लागि साउदी पुगेका प्रेमबहादुर हिरासतमा: दूतावासले किन सहयोग गरेन?

रोशन मेवाहाङ्ग /एचकेनेपाल डट कम –
लण्डन, २९ फाल्गुण । रोजगारका लागि साउदी पुगेका इलाम दानाबारी–३ शुक्रबारे बजारका २९ वर्षीय प्रेमबहादुर राई ११ महिनादेखि प्रहरी हिरासतमा जीवन बिताईरहेका छन्।

कम्पनीको मालबाहक ट्रक चोरी भएपनि केहि दिनपछि खाली ट्रक भेटिदा साउदी अरबको रियादमा प्रहरीले प्रेम बहादुरलाई लामो समयदेखि हिरासतमा पुर्याएको उनका दाजु चक्रबहादुर राईले बताए।

हिरासतबाट मुक्त गर्न नेपाली दूतावास साउदी अरबमा निरन्तर उजुरी दिए पनि आजसम्म प्रेमलाई दूतावासले केहि सहयोग नगरेको भन्दै उनले भने-‘जेल समेत नलगी अत्यन्तै पीडादायी अवस्थामा लामो समयदेखि हिरासत मै राखिरहेका कारण नेपाल सरकारले पहल गरिदिन अनुरोध गर्दै एचकेनेपाल डट कमका संवाददातालाई जानकारी गराएका छन्।

एचकेनेपाल डट कमका सम्पादकसंग घटनाको परिप्रेक्ष्य र आफ्नो भाईले भोगेको पीडा , परिवार र आफन्तहरुले भोगेका छटपटीका बारेमा चक्रबहादुरले भने” भाइलाई साउदी अरबको अदालतले २ महिना कैद र ५० कोर्राको सजाय तोकेको थियो। तर उक्त अबधि सकिएपछि घर फर्कने बेलामा कम्पनीले भाइको पासपोर्ट नदिएर उल्टो मुद्दा लगाइ हिरासतमा राखेर ३ लाख १० हजार रियाल (९५ लाख रुपैयाँ नेपाली) जरिवाना तोकेको अवस्थामा नेपाली दूताबास साउदी अरबले कम्पनीसंग कुरा गरी उनको रिहाइको लागि आबश्यक सहयोग गरेन।


प्रेम बहादुरको परिवार

कुवेतबाट दैनिक फोन गर्दापनि नेपाली दूताबासका कर्मचारी कहिले कसलाई त कहिले कसलाई कल गर्नुस् भन्छन्। कुवेतमा कमाएको पैसा पनि फोनमै सकियो तर भाइको अवस्था अझै अत्यन्तै पीडादायी बनिरहेको छ। एक पटक हिरासत पुगेको प्रेमले बताए पनि ति दूतावासका कर्मचारीहरुले प्रेमलाई भेट समेत नगरी उनको थप मुद्दाको कागजात बुझेर बाहिरबाटै फर्किएको उनले जानकारी दिए।

पाँच वर्षअघि क्राउन इन्प्लोइमेन्ट प्रालि काठमाडौंबाट रियादको अल सहलावी होल्डिङ कम्पनीमा गाडी (लहरी) चालकको रुपमा प्रेमबहादुर साउदी अरब गएका थिए। दुई वर्षअघि घर आएका उनी २०१६ को जनावरी १ तारिख साउदी फर्किएका थिए। २०१६ अप्रिल ३ मा लहरीले बोकेको केबल(तार) चोरी भएपछि प्रेमबहादुर पक्राउ परेका थिए।

नेपाली दूतावासले पहल नगरेले प्रेमबहादुर हिरासतमै रहेको बताउदै चक्रबहादुरले भने रिहाइका लागि पहल गरिदिन साउदीस्थित नेपाली दूतावासमा बारम्बार सम्पर्क गरेपनि, अहिलेसम्म उनको कागजात लैजानेबाहेक केही सहयोग हुन सकेन।‘दूतावास प्रमुख आनन्दराज शर्मा र कानुन व्यवसायी विजयकुमार राउतलाई बारम्बार आग्रह गर्दा उनीहरूले एकअर्कालाई सम्पर्क गर्नु भन्ने गरेका छन्, यति लामो समय भइसक्यो अहिलेसम्म पहल नहुँदा भाइ हिरासतमै बस्न बाध्य छन्। चक्रबहादुरले भने, ‘सरकारले कुनै पहल गरिदियोस्, प्रचण्ड नेतृत्वको सरकारले त धेरै जेल र हिरासतमा परेकालाई स्वदेश फर्कायो रे मेरो भाइलाई पनि फर्काइदियोस्।’ दूतावासका कर्मचारी र मेनपावर अहिलेसम्म कम्पनीसँग सम्पर्कमा समेत गएका छैनन्।

दूतावास र मेनपावर काठमाडौंबाट सहयोग मिल्नु पर्ने तर मानसिक तनाब दिईरहेका उनका दाजु चक्रले बताए।

गैरआवासीय नेपाली र रोजगारीमा विदेश रहेका नेपाली जनतालाई दूतावासले सहयोग नगर्ने हो भने केका लागि राजदूत नियुक्ति ? के दूतावास नेताहरु विदेश भ्रमणमा रहदा बास बस्ने धर्मशाला मात्रा हो त ?





Comments

comments

Leave a Reply

16749