Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

अंशु बनिन् मिस नेवा पोखरा


फोटोः उमेश पुन

पोखरा, ६ चैत्र। मिस नेवा पोखरा नेपाल संवत ११३७ को उपाधी तेर्सापट्टीका अंशु शाक्यले जितकी छिन् । उनले मिस ट्यालेण्टको बिषयगत उपाधिसंगै शीर्ष उपाधि हात पारेकी हुन्।

प्रतियोगिताको निर्णायकहरुले सोधेका प्रश्नहरुको उत्कृष्ट जवाफ दिँदै प्रतिस्पर्धामा सहभागी १७ प्रतिस्पर्धीलाई पछाडि पार्दै उनले उपाधि जितेकी हुन् । उपाधिसंगै उनले रु. ४० हजार नगद, सिजि ब्राण्डको ३२ इन्चको एलइडि टिभी तथा गिफ्ट हयाम्परहरु प्राप्त गरिन् । २० बर्षीया मिस नेवा शाक्यलाई मिस नेवा पोखरा नेपाल संवत ११३६ एलिशा जोशीले चाँदीको ताज पहिराइदिइन्।

नेवा खलः कास्कीको आयोजनामा भएको प्रतियोगितामा रामकृष्ण टोल पोखराकी निकिता लिगल फस्ट रनरअप बनिन् । उनले रु २५ हजार नगद सहित सिजी ब्राण्डको माइक्रो ओभन तथा गिफ्ट हयाम्पर प्राप्त गरिन । चिप्लेढुङ्गाकी प्राथर्ना डङ्गोल बेस्ट पर्सनालिटीको बिषयगत उपाधिसहित सेकेण्ड रनरअप बनिन् । उनले नगद रु. १५ हजारसहित सिजी ब्राण्डको माइक्रो ओभनका साथै गिफ्ट हयाम्परहरु प्राप्त गरिन्।

कार्यक्रममा निकै रोचक र नौलो किसिमले अन्तिम प्रश्न गरिएको थियो । उनीहरुलाई डोकोमा बच्चा बोकेर हिँडिरहेकी महिलाको तस्विर देखाएर, तस्विरको बिवेचना गर्न लगाईएको थियो । प्रतियोगितामा भ्युवर्स च्वाइस अवार्ड र बेष्ट नेवारी ल्याङ्गवेजको बिषयगत उपाधि मोहोरिया टोलकी रसना बुद्धाचार्यले जितिन् । उनले बेष्ट नेवारी ल्याङ्गवेजका लागि रु. ७ हजार तथा भ्युवर्स च्वाइसका लागि रु. ५ हजार सहित बिभिन्न गिफ्ट हयाम्पर प्राप्त गरिन् । नदीपुरका ज्यास्मिन श्रेष्ठले बेस्ट स्माइल, बागबजारका श्रद्धा श्रेष्ठले मोस्ट फ्रेण्ड्ली तथा नयाबजारका सिम्रन श्रेष्ठले मिस फोटोजेनिकको बिषयगत उपाधि जिते । उनीहरुले रु ५ हजार तथा बिभिन्न गिफ्ट हयाम्पर प्राप्त गरे।

प्रतिस्पर्धामा नयाबजारका सरिष्मा उदास, गणेशटोलका सुमित्रा श्रेष्ठ, नदीपुरका ज्यास्मिन श्रेष्ठ, मोहोरियाटोलका रसना बुद्धाचार्य, बगरका आयुष्मा श्रेष्ठ, दमौलीका लक्ष्मी श्रेष्ठ, नयाबजारका सिम्रन श्रेष्ठ, तेर्सापट्टीका अंशु शाक्य, रामकृष्णटोलका निकिता लिगल, शिसुवाका सुमन श्रेष्ठ, बागबजारका श्रद्धा श्रेष्ठ, कुँडहरका बर्षा श्रेष्ठ, चिप्लेढुङ्गाका प्राथर्ना डङ्गोल, दुलेगौंडाका आकृति श्रेष्ठ ,हेम्जाका कृपा श्रेष्ठ, लेखनाथ शिसुवाका सुष्मी कतिला, तेर्सापट्टीका श्रीया श्रेष्ठले भाग लिएका थिए।

कार्यक्रममा बोल्दै नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेले नेवारी भाषा संस्कार र संस्कृति जगेर्ना तथा युवा पुस्तामा हस्तान्तरणका लागि कार्यक्रम आयोजना गरिएको बताउदै मिस नेवाका सहभागीहरुले समेत नेवारी संस्कारको जगेर्नाका लागि बिभिन्न कार्यक्रम गरि टेवा पुर्याएकोमा धन्यबाद दिए।

कार्यक्रममा प्रमुख अतिथि उच्च अदालत पोखराका न्यायाधीश तिलप्रसाद श्रेष्ठ, कार्यक्रम संयोजक शम्भुलाल श्रेष्ठ, प्रमुख निर्णायक कृष्णमोहन श्रेष्ठ, मिस नेवा पोखरा ११३६ एलिशा जोशी लगायतले बोलेका थिए । प्रतियोगिताको निर्णायकहरुमा कृष्णमोहन श्रेष्ठ, शान्ती उदास, निरन्जन श्रेष्ठ, रत्नकाजी महर्जन, राजभाई जःकमी र आरती श्रेष्ठ रहेका थिए । कार्यक्रमको सञ्चालन सारा बजिमय र तारा श्रेष्ठले गरेका थिए । कार्यक्रममा कुमारी नाच, चर्या नाच, धिमे बाजा तथा नेवारी नृत्यहरु समेत प्रस्तुत गरिएको थियो।

कार्यक्रमबाट वचत रकम, नेवा खलः कास्कीले आयोजना गर्ने नेवारी साँस्कृतिक कार्यक्रममा टेवा पुर्याउने तथा भौतिक संरचना निर्माणमा सहयोग गर्ने भएको छ।





Comments

comments

Leave a Reply

16839