रोशन मेवाहाङ्ग / एचकेनेपाल डट कम-
काठमाडौं, १२ चैत्र । नेपालमा रहेका सृष्टाहरूलाई अर्थ आवर वातावरण साहित्य प्रतियोगितामा भाग लिन विश्व नेपाली साहित्य महासंघ साउथ शाखा लन्डनले हार्दिक अनुरोध गरेको छ।
अध्यक्ष विजय हितानले ३ सृजनाहरूलाई रू १२, १०, र ८ हजार नगद पुरस्कार र प्रमाण पत्र प्रदान गरिने बताएका छन्।
सृजनाहरू कविता, गीत, गजल, र मुक्तक हुनुपर्ने र उक्त ३ सृजनाहरू वातावरण,पर्यावरण,पृथ्वी, प्रकृति,वनस्पति, वन्यजन्तु, जैविक विविधता,जलवायु परिवर्तन, ईको, ईको फेमिनिज्म; र तिनको महत्तव, लोप वा ह्रास हुनका कारण कसरी संरक्षण, प्रतिकूल असर इत्यादि विषय केन्द्रित हुनुपर्नेछ उनले बनाए।
सृजनाहरू कतै प्रकाशित नभएको हुनुपर्ने र सृजनाहरूको संकलित एक पुस्तक भबिष्यमा प्रकाशन गरिने उनले बताए।
प्रतियोगितामा प्रतिस्पर्धा गर्ने सर्जकहरु स्वदेशमै रहेका हुनु पर्ने र सन्जालमा सम्पर्क गर्न सकिने ठेगाना अनुरोध गरेका छन्।
जनताको आवाजलाई चिठीपत्र तथा अध्यक्ष हितानलाई चाडो भन्दा चाडो [email protected] मा ईमेल गर्न अनुरोध गरेका छन्।
विजेता सर्जकलाई नयाँ बर्षको अवसरमा काठमाडौमा समारोह गरी पुरस्कार दिदै रेडियो नेपालबाट नाम घोषणा गरिने बताए।