Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

दिनेश सुब्बाको संगीत र स्वरमा नयाँ म्युजिक भिडियो सार्वजनिक

बरिष्ठ संगीतकार तथा गायक दिनेश सुब्बाको संगीत र स्वर तथा गीतकार टंक सम्बाहङ्फेको गीत रहेको म्युजिक भिडियो हालै नयाँ म्युजिक भिडियो गीतकार टंक सम्बाहङ्फेको युट्युब च्यानलबाट वर्ल्डवाईड रिलिज भएको छ।

बरिष्ठ संगीतकार दिनेश सुब्बाको संगीत र स्वर तथा टंक सम्बाहङ्फेको गीत रहेको नयाँ म्युजिक भिडियो गीतकार संगीतकार र गायकको ड्रीम प्रोजेक्ट अन्तर्गत बनेको हो। उक्त गीत एक बर्ष अगाडि प्रकाशित भएको बरिष्ठ संगीतकार तथा गायक दिनेश सुब्बाको नितान्त गीति एल्बममा संग्रहित छ।

हङकङबाट नयाँ म्युजिक भिडियो वर्ल्डवाईड रिलिज गर्दै नेपाली साहित्य प्रतिष्ठान हङकङका अध्यक्ष तथा गीतकार टंक सम्बाहङ्फे भन्नु हुन्छ दर्शकहरुले हाम्रो नयाँ म्युजिक भिडियो मन पराउनु हुनेछ किनभने यो गीत आमनेपालीले रुचाईने र जनजीवनमा आधारित छ। हङकङमा २२ बर्षदेखि नेपाली गीत संगीत र गायन समर्पित भएर सेवा गरिरहनु भएका बरिष्ठ संगीतकार दिनेश सुब्बा रेडियो नेपालको नेपालब्यापी कम्पिटिसनमा गायन तर्फ र संगीत तर्फका प्रथम बिजेता समेत हुन्। हिमालय टोन्स म्युजिक एकेडेमी हङकङ सन्चालन गरेर हङकङ बसोबास गर्नु हुने नेपाली गायक गायिकाहरुलाई गीत संगीत र गायनको ज्ञान र सेवा दिदै आउनु भएको छ।

न्याउली रोयो बोलको गीत युट्युबबाट वर्ल्डवाईड रिलिज गरेको खुशी व्यक्त गर्दै बरिष्ठ संगीतकार तथा गायक दिनेश सुब्बा भन्नु हुन्छ। यो गीतले दर्शकहरुको मन जित्ने कुरामा गीतकार टंक सम्बाहङ्फे र म ढुक्क छौ किनभने यो गीत नेपालीले भोगेको जीवन कथामा आधारित छ।

म्युजिक भिडियो निर्देशन बिशाल भण्डारीले गरेको न्याउली रोयो बोलको गीतमा चर्चित मोडल निरन्जन र रेसु रहेका छन्।क्यामरामा अर्जुन तिवारी र टीम साथै म्युजिक भिडियो सम्पादन निशान घिमिरेले गरेका छन्। गीत मास्टरीङ र मिक्सीङ मित्र लामा संगम स्टुडियोमा गरिएको हो भने म्युजिक भिडियो उत्पादकमा कमला थोप्रा लिम्बु र अनिता सुब्बा रहनु भएको छ।गीतको एरेञ्जमेण्ट बरिष्ठ संगीतकार तथा गायक दिनेश सुब्बा कै रहेको छ।

[wds id=”3″]





Comments

comments

Leave a Reply

16945