आकाश अधिकारीसंग भन्नै नमिल्ने कुरासम्म चल्थ्यो- करिश्मा

काठमाडौ, अभिनेत्री करिश्मा मानन्धरले केही समयदेखि नेतृको परिचय पनि बनाएकी छिन् । अभिनयमा स्थापित उनको राजनीति भने परीक्षणकालमै छ । अहिले उनको अभिनय लगभग शून्य छ भने राजनीतिमा दौडधूप । विगतमा करिश्माले धेरै निर्देशकसँग चलचित्रमा काम गरिन्। त्यसमध्ये एक हुन्, आकाश अधिकारी । अधिकारीसँगको सम्बन्धबारे करिश्मा भन्छिन्ः

अभिनेत्री करिश्मा मानन्धरले केही समयदेखि नेतृको परिचय पनि बनाएकी छिन् । अभिनयमा स्थापित उनको राजनीति भने परीक्षणकालमै छ । अहिले उनको अभिनय लगभग शून्य छ भने राजनीतिमा दौडधूप । विगतमा करिश्माले धेरै निर्देशकसँग चलचित्रमा काम गरिन् । त्यसमध्ये एक हुन्, आकाश अधिकारी । अधिकारीसँगको सम्बन्धबारे करिश्मा भन्छिन्ः

आकाश अधिकारीसँग विभिन्न फिल्ममा काम गरेँ । उहाँको निर्देशनमा बनेका ‘रणभूमि’, ‘पन्छी’लगायत फिल्ममा नजिक भएर काम गर्दा व्यक्तिगत सम्बन्ध पनि नजिकै भयो । उहासँग पहिलेदेखि अहिलेसम्म पनि मेरो ‘ट्युनिङ’ राम्रो छ । प्रोफेसनल मात्रै होइन पारिवारिक सम्बन्ध उत्तिकै राम्रो छ । काम गर्दा पनि पारिवारिक वातावरणमै रहियो । अहिले काममा सँगै नभए पनि सम्बन्ध उत्तिकै छ। नयाँपत्रिकामा लेखिएको छ।

पारिवारिक सम्बन्ध नै भइसकेपछि काम सँगै गर्नु र नगर्नुले के अर्थ राख्छ र रु साह्रो–गाह्रो पर्दा एक–अर्काको सहयोग जारी छ । जे संकटमा पनि हामी सहयोगी छौँ । मैले बनाएको फिल्म ‘फागु’मा पनि उहाँलाई टेक्निकल्ली मात्रै भए पनि सहभागी गराएँ ।

आकाशजी एकदमै शान्त स्वभावको हुनुहुन्छ । कहिल्यै रिसाउनुहुन्न । मैले त रिस उठाइदिन भनेर धेरै हर्कत पनि गरेँ । यस्ता शान्त मान्छे रिसाएको हेर्न खुब रहर लाग्छ मलाई । अनि मन जितेर कयौँपटक त्यस्तै व्यवहार देखाइदिएको छु, तर रिस त देख्नै पाएको छैन । समग्रमा हेर्दा उहाँ जस्तो स्थितिमा पनि काम गर्न सक्ने मान्छे हो । जस्तो परिस्थितिमा पनि ‘एडजस्ट’ भएर काम गर्न सक्ने खुबी उहाँमा छ ।

एकदम ‘हार्डवर्क’ गर्न सक्नुहुन्छ । मैले उहाँसँग काम गरेका हरेक सिनेमामा उहाँको कडा परिश्रम गरेको देखेँ । लभ र प्रकृति झल्किएको फिल्ममा बढी रुचि राख्नुहुन्छ । उहाँलाई मैले डाइरेक्टरका रूपमा खासै लिइनँ । उहाँ सधैँ मेरो साथी हो । हामी यस्ता साथी हौँ कि, जोक पनि चल्ने । उहाँसँग मैले धेरै जोक गरेको छु ।

एकपटक भारतमा उहाँलाई जोक गरेको घटना याद छ । हामी श्रीमान्–श्रीमती, उहाँ र डान्स डाइरेक्टर शान्ता नेपाली टाटा सुमो चढेर गोवाबाट मुम्बई आइरहेका थियौँ । अगाडि आकाशजी, बीचमा शान्ता म्याम र पछाडि हामी बसेका थियौँ । आकाशजीलाई जिस्क्याउन हामी १५–१५ मिनेटमा पिसाब लाग्यो भन्दै गाडी रोकेर ट्वाइलेट जान्थ्यौँ । उहाँ पनि हाम्रो पछि–पछि ट्वाइलेट जान निस्किनुहुन्थ्यो । त्यतिखेर मैले उहाँको ‘निकनेम’ नै राखेकी थिएँ । तर, त्यो नाम अहिलेचाहिँ नभनौँ । त्यो भन्नै नमिल्ने ‘वर्ड’ छ क्या मान्नुहोस् न, उहाँसँग त्यहाँसम्मको जोक चल्छ।’





Comments

comments

Leave a Reply

17200