Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

निकालिए पत्रकार भट्ट नेपाली टिभिबाट

दिपक गुरुङ / एचकेनेपाल डट कम-
लण्डन, बेलायतबाट संचालित नेपाली टिभि युकेले टेलिभिजनमा कार्यक्रम संचालन गर्दै आएका “नमस्ते युरोप कार्यक्रम”का संचालक राजेन्द्र भट्टलाई बर्खास्त गरेको छ।

भट्टले टेलिभिजनमा सत्य तथ्य र निष्पक्ष समाचार भन्दा पनि व्यक्तिगत इश्र्याका कार्यक्रम संचालन गरेको भन्दै बेलायतबासी नेपालीले टिकाटिप्पणीे गर्दै आएका थिए। भट्टले संस्थालाई व्यक्तिगत रुपमा प्रयोग गरेको आरोप पनि लागेको थियो। केही समय पहिले नमस्ते युरोप साँझ कार्यक्रम गर्दा भट्टले च्यारिटीको नाउँमा स्थानीय व्यवसायी मार्फत मोटो रकम असुलेको पनि बताइएको छ तर पैसा उठाइसकेपछि उनले यसलाई अहिलेसम्म कुनै च्यारिटीलाई पनि नदिएको बुझिएको छ।

यस्तै भट्टले “नमस्ते युरोप” कार्यक्रम अन्य वेभसाइटमा पनि राख्ने गरेको बुझिएको छ भने समाचार प्रसारण गरे बापत उनले पैसा असुल्ने गरेको पनि पाइएको छ। पत्रकारिताको धर्म र मर्म नबुझी घटनाक्रमलाई नजिकबाट नियाल्न नसक्ने भट्टको पत्रकारितामा सवैले प्रश्न उठाएका छन्। यसअघि कार्यक्रमको गुणस्तर खस्किएपछि नेपाल टेलिभिजनको एनटिभि प्लसले पनि “नमस्ते युरोप” कार्यक्रमलाई बन्देज गरेको थियो। यस्तै उनको कार्यक्रमलाई ठाँउ दिएका केही वेभसाइटले समेत कार्यक्रमलाई निकालिएको बुझिएको छ भने केहीले निकाल्ने प्रक्रियामा रहेको स्रोतले बताएको छ।





Comments

comments

1767