हङकङमा नक्कली बम राखेर आतंक फैलाउने युवतीको खोजीमा प्रहरी

एचकेनेपाल डट कम संवाददाता –

हङकङ, ३१ मे। हारबर सिटी चिम सा चुईमा एक अज्ञात युवतीले नक्कली बम राखेपछि फैलिएको आतंक अन्तत: साम्य भएको छ।

बम भनिएको शंकास्पद बस्तुलाई पड्काएर प्रहरीले निस्क्रिय पारेको छ। आतंकवादको थ्रेट नभएको हङकङमा प्रहरीले मंगलवार केही समय तनाव भोग्नु पर्यो।

हङकङमा जानेर वा नजानेर यस्तो ठट्टा गरेर आतंक फैलाउनेलाई ५ वर्ष कैद र १ लाख५० हजार जरिवाना लाग्ने बताईएको छ। सीसीटिबी फूटेजमा देखिएकी युवतीको खोजी भइरहेको जनाएको छ। बम भनिएको पोकाभित्र केही टिस्यु पेपर र अर्लाम घडिबाहेक अरु बिष्फोट पदार्थ नभिटिएको प्रहरीले बताएको छ।





Comments

comments

Leave a Reply

18180