बेलायतमा ‘एभरेष्ट म्युजिकल ब्लाष्ट’को समापनपछि ‘एभरेष्ट आईडल’को तयारी तीव्र

भुमिराज राई / एचकेनेपाल डट कम –

गायक रेवत राई र गायिका मेलिना राईसहित बेलायतकै लोकप्रिय कलाकार समेटेर (EMH Ltd. UK) ई-मिडिया हब लिमिटेड युकेले “एभरेष्ट म्युजिकल ब्लाष्ट” सफलता पूर्बक सम्पन्न गर्दै महत्वकांक्षी अर्को ईभेन्ट “एभरेष्ट आईडल” को तयारी तीव्र पारेको छ।

एड्मिन सेलको ब्यबस्थापनमा “एभरेष्ट म्युजिकल ब्लाष्ट” को अन्तिम कार्यक्रमको समापन पश्चात कलाकार, प्राबिधिकलगायत सहयोगीहरुलाई धन्यबाद सहित बिदाई कार्यक्रम कलाकार, सहयोगी, प्राबिधिक र मिडिया पार्टनर सबैलाई प्रशंसा-पत्र प्रदान गर्दै बिदाई र धन्यबाद कार्यक्रम रात्रि-भोजसहित सम्पन्न भएको छ।

कार्यक्रममा धन्यबाद ज्ञापन गर्दै सिईओ ईश्वर चाम्लिङले कलाकारहरुको अरु प्रगतिको कामना गर्दै आगामी पाँच बर्षभित्र ई-मिडिया हब लिमिटेडका सबै सेयर होल्डर, कम्पनी डाईरेक्टरहरुलाई कम्पनीले नै पूर्णकालिन जागिर दिन सक्ने गरी कार्य गर्ने आफ्नो लक्ष्य रहेको र त्यो पूरा गर्न आफू तल्लिन रहने बताउनु भयो।

गायक रेवत राईले आफूलाई ई-मिडिया हबसँग सहकार्य गर्ने अवसर प्रदान गरेकोप्रति धन्यबाद ज्ञापन गरे। गायिका मेलिना राईले पनि धन्यबाद ज्ञापन गर्दै ई-मिडिया हबको सफलताको कामनासँगै कार्यक्रममा सहभागी हुन पाएकोप्रति आभार प्रकट गर्दै धन्यबाद टक्र्याईन।

‘युके डान्स अफ’ की बिजेता जेनी सुनुवार एडवार्ड, गायक गोम्जा लामा, युबा कार्यक्रम संचालक लेक्स लिम्बुलगायत अन्यले पनि ई-मिडिया हबसँगको सहकार्यमा काम गर्न पाउँनु खुशिको कुरा भएको साथै भबिष्यमा पनि सहकार्य गर्न उत्सुक रहेको बताउँदै कम्पनिको प्रगतिको कामना गरेका थिए।

ईन्टर्टेन्मेन्ट सेलका प्रमुख किसन राईले सबै कलाकार प्राबिधिकलगायत ई-मिडिया हबका सबैलाई कार्यक्रममा पुर्याएको सहयोग र साथको लागि धन्यबाद ज्ञापन गर्दै आफूबाट कार्यक्रमको दौडान केहि गल्ती भएको भए क्षमा दिन आग्रह गर्दै आफ्नो जिम्मेवारी पूरा गर्न र कम्पनिको निर्देशन पूरा गर्न आफूले कडा रुपमा प्रस्तुत हुनु परेको जानकारी दिए।

कार्यक्रम सफल बनाउन र समय तालिकाभित्र कार्यक्रम सम्पन्न गर्नु पर्ने भएकाले पूर्ब निर्धारित कार्यक्रमहरु फेरबदल गर्नु बाध्यता भएको स्पष्ट पार्दै कलाकार र प्रस्तुती दिनु हुनेहरुले तयारी अनुरुप आफ्नो प्रस्तुती दिन नपाउनु भएकोप्रति खेद प्रकट गर्दै त्यो नित्तान्त कार्यक्रमको समय तालिकाभित्र छिर्नु पर्ने बध्यताका कारण त्यस्तो प्राबिधिक गडबडी भएको सम्झेर चित्त बुझाउन आग्रह गरेका थिए।

जूनको १४ तारिख साँझ नेपाल प्रस्थान गरेका कलाकारहरुलाई कम्पनिका अधिकांश सदस्यलगायत कम्पनिका सिईओ ईश्वर चाम्लिङले सफल यात्राको कामना गर्दै हिथ्रो एयरपोर्टमा बिदाई गरेका थिए।

“एभरेष्ट म्युजिकल ब्लाष्ट”को भब्य सफलता पश्चात ई-मिडिया हबको अर्को महत्वकांक्षी योजना साङ्गीतिक प्रतियोगिता “एभरेष्ट आईडल”को तयारी शुरु भएको छ। अहिले सम्म डेढ दर्जन प्रतियोगीहरुले सहभागी हुन आबेदन दिसकेकाले पनि बेलायतको पहिलो साआगीतिक प्रतिष्पर्धा रोमान्चक र प्रतिष्पर्धात्मक हुनेप्रति आयोजक ईएमएच लिमिटेड ढुक्क रहेको छ।

स्वत: स्फुर्त रुपमा पुरस्कार प्रायोजनको लागि ब्यक्तिगत, ब्यापारिक र अन्य संस्थाहरुले ई-मिडिया हबलाई सम्पर्क गरिरहेकाले झन ई-मिडिया हब लिमिटेडको मनोबल बढेको छ।

मेडवेमा बसोबास गर्नु हुने सँगीतप्रेमी देउकी राईले ब्यक्तिगत तर्फबाट कार्यक्रमको कन्सेप्ट मन पराउँदै प्रतिभाशालीहरुको प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्नको लागि आयोजित “एभरेष्ट आईडल”को दोश्रो पुरस्कार उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएको छ।

त्यसै गरी प्रथम र तेश्रो पुरस्कारको लागि पनि प्रायोजकहरुसँग कुराकानी हुँदै गरेको जानकारी मार्केटिङ सेलका प्रमुख प्रेम गुरुङले जानकारी दिएका छन्।

पहिलो पटक आयोजना हुन लागेको “एभरेष्ट आईडल” बिबादरहित, निश्पक्ष र सफलतापूर्वक सम्पन्न गर्नु कम्पनीको चुनौती रहेको बताउँदै, हर सम्भब सबै क्षेत्रबाट उत्कृष्ठ रुपले “एभरेष्ट आईडल” सम्पन्न गर्ने प्रतिबदद्धतासहित ई-मिडिया हब लिमिटेडले कार्य शुरु गरिसकेको ईभेन्ट सेल प्रमुख नबराज राईले जानकारी दिएका छन्।





Comments

comments

Leave a Reply

18394