टिकापुर हत्या काण्डका योजनाकारलाई सरकारले दियो पौने २ करोड

धनगढी – थरुहट आन्दोलनका क्रममा कैलालीको टिकापुरमा ९ जनाको ज्यान जारे गरी भएको घटनाका आरोपितलाई सरकारले ‘क्षतिपूर्ति’ रकम बाँडेको खबर नागरिकमा छ।

प्रहरीको फरार सूचीमा रहेका रेशम चौधरीलाई सरकारले घटनाबाट पीडित भन्दै क्षतिपूर्तिबापत एक करोड ७४ लाख उपलब्ध गराएको हो ।

सोही घटनाको पीडितका नाममा सांसद जनक चौधरीले ५० लाखद १२ हजार आठ सय रुपैयाँ पाएका छन् ।

मन्त्रीपरिषदले विशेष निर्णय गरेर रेशमलाई राहत दिएको कैलाली प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए ।





Comments

comments

Leave a Reply

18408