राजेशपायल राईको धमाका मलेसियामा…

एचकेनेपाल डट कम –
काठमाडौं, मुस्लिमहरुको महान चाड इदको अवसरमा मलेसियाको जोहोर बहारु र मलकामा सांगीतिक धमाका गरेर फर्किए राजेशपायल राई यानेकी राई इज किङ।

जुनको २५ तारिख मलाका र २६ तारिखमा जोहोर बहारुमा गरिएको मकालु साँगीतिक कार्यक्रमको लागि राई इज किङले ननस्टप दर्जनौं गीत प्रस्तुतीमार्फत मलेसियाबासी दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरे।

कार्यक्रममा राईले किन यति धेरै माया लाग्छ नि, तिमीले बाटो फेर्यौ अरे, दिक्तेल बजार, मैना राजा मैना रानी, ठूली, दर्शन नमस्ते, धरान धनकुटा, भेडेटार, नाईं नभन्नु ल प्रस्तुत गरे।

कार्यक्रममा उनीसगै नेपालबाट आएका हास्यकलाकार दिनेश काफ्ले, गायिका मिना तामाङ र नृत्याङ्गना मल्लिका तामाङको प्रस्तुती पनि धमाकादार रह्यो।

त्यसैगरी, स्थानीय कलाकारहरुको पनि सामूहिक प्रस्तुती थियो। कार्यक्रमलाई श्री राई, मचिन्द्र लिम्बू र माया राईले आयोजना गरेका हुन् भने यसलाई गुर्खा रेष्टुरेण्टले प्रायोजन गरेको थियो।





Comments

comments

Leave a Reply

18558