वेल्जियमबाट आईसिसिमा पदम गुरुङको उम्मेदवारी घोषणा

वाईवि तमू – गैर आवासीय नेपाली संघ बेल्जियमको आशन्न महाधिवेशन नजिकिदै गर्दा अन्तर्राष्ट्रिय समन्वय परिषदमा दुई जना सदस्य मध्य एक सदस्यमा बेल्जियमका पदम गुरुङले उम्मेदवारी दिने घोषणा गरेका छन्।

बेल्जियमको नेपाली समुदायमा निक्कै चर्चित नाम हो पदम गुरुङ । गैरआवासीय नेपाली संघ,बेल्जियमका पूर्व उपाध्यक्ष तथा तमू समाज बेल्जियमका समेत पूर्व सस्थापक उपाध्यक्ष तथा नेपाली सास्कृतिक फाटका धरोहर पदम गुरुङ विगत १५ बर्ष भन्दा बढि बेल्जियमलाई कर्म थलो बनाउदै आएका छन्।

सामाजिक अभियन्ता, मिलन सार,आत्मियता,नरम बोली,मिजासिला र मनको कोमल पदम गुरुङ बेल्जियम मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत पुकारिने नाम हो।

राजनैतिक बिचार नेपाली कांग्रेस नजिक रहेपनि उनको राजनीतिक चरित्र भन्दा सामाजिक व्यक्तित्व निक्कैमाथि रहेको कुरा बेल्जियमका अनगिन्ति नेपालीहरु बताउछन्।

आगामी २०१७ – २०१९ का लागि आईसिसि सदस्यमा तपाइको उम्मेदवारी किन ?भन्ने प्रश्नमा ” गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय स्तरमा बेल्जियमको भूमिका अझ प्रगाढ तथा दिगो बनाउनुका साथै बेल्जियमको भूमिका बिगतमा भन्दा अझ सशक्त रुपमा चित्रित गर्न”का लागि मेरो उम्मदेवारी दिएको कुरा बताए।

बेल्जियमबाट अन्तर्राष्ट्रिय समन्वय परिषदमा दुई सदस्यका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ ।पदम गुरुङ,चित्र सुवेदी,सरु चापागाई र पूर्ण तिमल्सेना रहेका छन् भने राष्ट्रिय समन्वय परिषदमा दुई जना लोकप्रसाद दाहाल तथा सन्तोष जोशी (सुबाष)ले उम्मेदवारी दर्ता गरेका छन्।





Comments

comments

Leave a Reply

19443