न्युज अपडेट / एचकेनेपाल डट कम –
धरान, २३ सेप्टेम्बर। धरान सभागृहमा शुक्रवार साँझ सम्पन्न आठौ नेपाल आइस नेचुरा मिस पूर्वाञ्चल २०१७ को ताज धरान ११ की स्थायी बासिन्दा रुबी लिम्बूले पहिरिएकी छिन्।
उनले ताजसंगै धरान हेल्दी होम मिस हेल्दी ,इडनएकेडेमी मिस इन्टेलेक्चुअल् र मिरिन्डा मिस ट्यालेन्टको उपाधि समेत हात परिन्।
त्यस्तै धरानकी सिमरन श्रेष्ठ फर्स्ट रनर अप र बिर्तामोडकी अनु ढुंगाना सेकेन्ड रनर अप घोषित भएकी भइन् । सिमरनले फर्स्ट रनर अपसंगै चिज स्टिक मिस पर्सनालिटी र चेसुंग मिस फोटोजेनिकको उपाधि समेत जितिन्।
प्रमुख निर्णायक पीएलओ लुब्रिकेन्ट्सका प्रबन्ध निर्देशक भोलेस्वर दुलालले सोधेको महिलाहरुको महत्व के हो ? भन्ने प्रश्नमा महिलाहरु माया, धैर्यता र सहनशीलताको खानी हो। उनको महत्वको बारेमा कुरा गर्नु पर्दा उनी एक रचनाकार हुन् उनले संसारमा जीवन ल्याउछिन् र सुन्दर माया अनि ममताको अनुकरण गर्छिन्। उनी मात्र एक श्रीमती र छोरी मात्र होइनन् उनि एक प्रेरणाको खानी पनि हुन्। महिलाहरु सामाजिक, राजनीतिक र पेशा क्षेत्रमा पनि भाग लिन्छिन र सिधा पाराले भन्नु पर्दा उनको निरन्तरता नै मानब जातिको अस्तित्व हो भन्ने सटिक जवाफ दिदै टप ७ मा आफूलाई अन्य भन्दा अब्बल ठहराउदै उपाधि जित्न सफल भएकी थिइन्।
उनले मिस पूर्वाञ्चलको उपाधिसंगै हङकङ नेपाली महासंघको तर्फबाट हङकङ घुम्ने अवसर प्राप्त गरेकी छिन्। महासंघको तर्फबाट आशा श्रेष्ठ र नानु श्रेष्ठले उनलाई डमी टिकट प्रदान गरेका थिए।
त्यस्तै यामाहा रे स्कुटी का डिलर गजुरमुखी ट्रेड एण्ड सप्लायर्सका सीईओ गोपाल आचार्यले स्कुटीको साँचो प्रदान गरेका थिए भने शास तथा बुकी सिजी ब्रुअरीका सिनियर जीएम प्रदिप पुडासैनीले प्रदान गरेका थिए भने मिस पूर्वाञ्चल २०१६ कृतिका गिरीले बिजेता लिम्बुलाई क्राउन लगाई दिएका थिए।
त्यस्तै फर्स्ट रनर अपकी बिजेता धरानकी सिमरन श्रेष्ठले नगद ५० हजारको डमी चेक एनआइसी एसिया बैंकका धरान शाखा प्रमुख बिशाल श्रेष्ठले प्रदान गरेका थिए भने मिस पूर्वाञ्चल २०१६ की फर्स्ट रनर अप इक्सा मादेनले क्राउन लगाईदिएकी थिइन्। सेकेन्ड रनर अप बिजेता बिर्तामोडकी अनु ढुंगानाले आरआर सी स्टुडियोका तर्फबाट नगद ४० हजारको डमी चेक कलाकार रोजन राईले तथा बिबिएसको छात्रवृत्ति युएन नवोदय कलेजका प्रिन्सिपल डम्बर कुमार तुम्बापो र मिस पूर्वाञ्चल २०१५ की सेकेन्ड रनर अप प्रमिशा बज्राचार्यले ताज पहिरायएकी थिईन्।
त्यस्तै १२ हजार रुपैया सहित यूरेका मिस चार्मिंग समिना खतिवडा , एनआईसी बेंक मिस फ्रेन्डशिप बिपना श्रेष्ठ , ताप्लेजुंग संथाक्र मिस क्याटवाक एस्तर तामाङ ,बराह मिस ज्वेलरी प्रमिता तिवारी र पिएलो मिस पब्लिक चोइस र बायो मिस मल्टिमिडियाको उपाधि शताब्दीका गिरिले हात पारे।
डिग्री क्याम्पस प्रमुख डा . मनोज राउत , बिपिकेआइएचएसका डा. नरेन्द्र भट्ट ,डा. निशा भट्ट ,धरान उप(महानगरपालिकाका सिनियर इन्जीनियर सुरज श्रेष्ठ , ट्राभल एजेन्ट एसोसिएसन ,सिक्किमका भूतपूर्व अध्यक्ष सुरेन्द्र प्रधान, नायिका निता ढुंगाना ,मिस पूर्वाञ्चल २०१३ नेहा बजाज , ब्लास्ट टाइम्सका प्रबन्ध निर्देशक तथा सम्पादक किशोर कुमार कार्की र फिल्म निर्देशक दिपक श्रेष्ठ निर्णायक रहेको मिस पूर्वाञ्चल २०१७ को १९ जना पूर्वेली प्रतियोगी मध्येबाट निर्णायकहरुको पूर्ण मत अनुरुप टप १४ छानिएको थियो भने टप १४ बाट निर्णायकहरुको प्रस्नोतर बाट दिइएको उतर अनुरुप टप सेभेन छानिएको थियो। टप सेभेनलाइ कार्यक्रम प्रस्तोताद्वय महेश लिम्बु र नेमिता आंगबुहान्ग लिम्बुले प्रत्यक्ष रुपमा तपाई मिस पूर्वाञ्चल हुनुभयो भने के गर्नुहुन्छ भन्ने प्रश्न सोधेका थिए। त्यसपछि ३ मिनेटको समय दिदै प्रमुख निर्णायक भोलेस्वर दुलालले प्रश्न सोधेका थिए।
मिस पूर्वाञ्चलमा हेटौडा र धरानको डिजाइनर
न्युज अपडेट / एचकेनेपाल डट कम –
धरान, १९ सेप्टेम्बर। असोज ६ गते आयोजना हुने नेपाल आइस नेचुरा मिस पूर्वाञ्चलको सहभागीहरुको लागि यसपाली हेटौडाको सेन्ट्रल फेसन हबका दुई बिद्यार्थी तथा फेसन डिजाइनरद्वय सौरभ तामाङ र संगीता पाख्रिनसंगै चार बर्षअघि धरानमा मुन्धुम बुटिक एंड मेख्ली हाउस खोलेर चर्चा कमाइ सकेकी धरानकी मुनु मिभकले डिजाइन गर्दै्छिन्।
हेटौडामा निक्कैच र्चा कमाइ सकेका संगीता र सौरभले डिजाइनर्स एक्स्पोमा भाग लिसकेका छन् भने धरानको भेलोसिटी कलेजमा फेसन डिजाइनिंग कोर्ष गरेकी डिजाइनर मुनुले १० वर्ष अघि नै पहिलो टीजीआइएफ फेसन विकमा आफ्नो डिजाइन प्रस्तुत गरिसकेका छन्।
डिजाइनरद्वय संगीता र सौरभले इन्ट्रोडक्सन र क्राउनिंग राउण्डको लागि गाउन तयार गर्दैछन् भने डिजाइनर मुनुले टप १४ राउण्डको लागि बिशुद्ध नेपाली पहिरन ढाका र सिल्कका डिजाइनर सारी प्रस्तुत गर्ने तयारी गर्दै् छिन्।
प्रियारानी लामाको कोरियोग्राफीमा र्याम्प वर्क तालिम लिदै गरका १९ जना मिस पूर्वाञ्चलका प्रतियोगीहरु अहिले बन्द प्रशिक्षणमा छन्।
ट्राफिक नियम सिकाउदै सुन्दरीहरु सडकमा
न्युज अपडेट / एचकेनेपाल डट कम –
धरान, १६ सेप्टेम्बर। धरान र इटहरीको व्यस्त बीरेन्द्र चौकमा शुक्रबार बिहान ट्राफिक हातमा यात्रुले गल्ति गर्न सक्छ तर तपाई नगर्नुस् भन्ने प्लेकार्ड बोक्दै कोही वृद्धहरुलाई बाटो काट्न तथा कोही मोटरसाईकल चालकहरुलाई हेल्मेट लगाउन सिकाउदै थिए।
आगामी असोज ६ गते धरानमा आयोजना हुने नेपालआइस नेचुरा मिस पूर्वाञ्चलका सहभागी प्रतियोगीहरु क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयको समन्यवमा तथा पीएलओ लुब्रिकेन्ट्सको सहयोगमा आयोजित मिस पूर्वाञ्चलको ट्राफिक सचेतना अभियानमा संग्लग्न थिए।
फाइनलमा सहभागी १९ प्रतिस्पर्धीहरु पनि चर्को घाममा ट्राफिकहरुसंगै ट्राफिक भएर सडकमा जेब्राक्रसबाट मात्र बाटो काट्न पैदल यात्रीहरुलाई सिकाउदै थिए। आफ्नो पहिलो संस्करणदेखि नै प्रतियोगीहरुलाई सामाजिक तथा सचेतनामूलक कार्यकर्ममा सहभागी गराउने उद्देश्य अनुरुप ट्राफिक सचेतना कार्यक्रममा सहभागी गरिएको स्थानीय संयोजक रितेश श्रेष्ठले बताए। एकछिनलाई नै भएपनि ट्राफिक भएर काम गर्न पाउदा आफूमा सामाजिक कार्यमा लाग्ने उत्प्रेरणा जागेको झापा माइधारकी प्रतियोगी शताब्दीका गिरिले बताइन्। उनी जस्तै कानेपोखरी ,मोरंगकी पेमा गुरुङ पनि ट्राफिक नियम संबन्धी धेरै कुराको जानकारी पाएको बताईन्।
ट्राफिक सचेतना कार्यक्रमअघि क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, इटहरीका प्रमुख राजकुमार लम्सालले ट्राफिक नियम सम्बन्धी कुराहरुबारे प्रतियोगीहरुलाई जानकारी गराएका थिए।
बिहीबार नै मिस पूर्वाञ्चलका प्रतियोगीहरुले बिराट चौकस्थित पूर्वाञ्चल लुब्रिकेन्ट्स ओइल प्रालिको कारखाना भ्रमण गरेका थिए।
थप फोटोहरु हेर्न यहाँ क्लिक हेर्नुहोस्
मिस पूर्वाञ्चल पर्सनालिटी
न्युज अपडेट / एचकेनेपाल डट कम –
धरान, १५ सेप्टेम्बर। धरान र धरानमा आयोजना भैरहेको मिस पूर्वाञ्चल २०१७ को सब टाईटल चिजस्टिक मिस पर्सनालिटीको चयन गर्नका लागि बराह जेव्लरीस्थित बराह किचनमा बिहीबार एक कार्यक्रम आयोजना गरिएको छ।
मिस पर्सनालिटी संगै इडन एकेडेमी मिस इन्टलेक्चुअलको समेत छनौट गरिएको कार्यक्रममा युएन कलेजका प्राध्यापक तथा होटल म्यानेजमेन्ट कोअर्डीनेटर गगन श्रेष्ठ , बराह जेव्लरीका प्रशासकीय अधिकृत गंगा कालिकोटे , इडन एकेडेमीका निर्देशक तथा संचारकर्मी सुरेश राई , सिजी ब्रुअरीका एरिया म्यानेजर खेम कुइंकेल , गजुरमुखी ट्रेड एण्ड सप्ल्यार्सका सीईओ गोपाल आचार्य ,धरान इन्टरनेसनल कलेज अफ होटल म्यानेजमेन्टका सीईओ लोकेन्द्र श्रेष्ठ र मिस पूर्वाञ्चल २०१७ फर्स्ट रनर अप इक्सा मादेन निर्णायक रहेको उक्त छनौट कार्यक्रममा निर्णायकहरुले प्रतियोगीहरुको टेबल म्यानर , बोलीचाली ,भेषभूषा ,प्रश्नउत्तरको सैली , आउट नलेजबाट मिस पर्सनालिटी र मिस इन्टलेक्चुअलको छनौट गरिने आयोजक सिल्भर इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठले जानकारी दिए।
बिजेताहरुको घोषणा भने असोज ६ गते हुने फिनालेमा गरिनेछ ।
यस्तै बराह जेव्लरीद्वारा निर्माण गरिएको गहना लगाएर प्रतियोगीहरुको अफिसियल फोटोग्राफर नरेन कुलुंगद्वारा फोटोसुट समेत गरिएको थियो। फोटोसुट गरिएको फोटोहरुको लाइक तथा निर्णायकहरुको मतको आधारमा बराह मिस जेव्लरी फाइनल कार्यकर्ममा घोषणा गरिनेछ।
१९ जना प्रतियोगीहरुले कार्यक्रमपछि बराह जेव्लरी तथा कम्प्लेक्सको भ्रमण गरेका थिए भने बराहमा संचालित कृपा १६डी थियटरमा १६ डी फिल्म हेरेर आनन्द समेत लिएका थिए। सम्पूर्ण प्रतियोगीहरुलाई बराहका प्रशासकीय अधिकृत गंगा कालिकोटेले स्वागत गर्दै शुभकामना दिंदै मिस पूर्वाञ्चलमा सहभागी भएर भबिष्यमा आफुलाई अझ अगाडि बढ्ने प्रेरणा आफूमा ल्याउनुपर्ने बताए।
फोटोः नरेन कुलुंग थप, थप फोटोहरु हेर्न यहाँ क्लिक हेर्नुहोस्
मिस पूर्वाञ्चलकी विजेतालाई हङकङ घुम्ने अवसर…
न्युज अपडेट / एचकेनेपाल डट कम –
धरान, १३ सेप्टेम्बर। मिस पूर्वाञ्चल २०१७ को फाइनल प्रतिस्पर्धामा छनौट भएका १९ जना प्रतिस्पर्धीहरुको महत्वपूर्ण सब टाइटल मिरिंडा मिस ट्यालेन्टको बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानस्थित अडीटरियम हलमा सम्पन्न भएको छ।
प्रतिस्पर्धीहरु सिमरन श्रेष्ठ,जोयना लिम्बु ,सिमरन राई ,सिर्जना अधिकारी ,पेमा गुरुङ ,रुबी लिम्बु ,एजिना सिटौला ,सन्ध्या भेटवाल ,अनु ढुंगाना ,दिपा कटवाल र समिना खतिवडाले क्रमशः च्यंग्बा ,सिरिमा सिरी , किनिदिउला साहिला दाइ ,गैरी खेतको, ब्लास्ट ,चरी जस्तै ,नेपालकी छोरी. हिजो राति, देउरालीमा ,सेप अप ,मलाई आँखैको बोलका गीतहरुमा आकर्षक नृत्य प्रस्तुत गरेका थिए।
अर्का प्रतिस्पर्धी एस्तर तामांगले परेलीमा बोलको गीत गाएकी थिइन् भने संचिता तामाङ ,प्रमिला तिवारी र सबिना आचार्यले आफ्नो कविता प्रस्तुत गरेका थिए। शताब्दिका गिरि र सबिना श्रेष्ठले आफ्नो वाककला र सबिना बिपना श्रेष्ठले गार्निश कला स्टेजमा प्रस्तुत गरेका थिए।
गायक नवराम राई, युरेका स्कुलका निर्देशक सुदिप याल्मो ,गरिमा डान्सका निर्देशक मणि लिम्बु ,संगीत प्रशिक्षक विनायक राई र कृति टिभीका संचारकर्मी तथा प्राध्यापक मोहन श्रेष्ठ निर्णायक रहेको कार्यक्रममा उद्घोषकद्वय सुरेश राई र इक्सा मादेनले मिस पूर्वाञ्चल २०१७ का बिजेताले हङकङ नेपाली महासंघको सौजन्यमा हङकङ भ्रमणको अवसर पाउने जानकारी दिएका थिए।
अहिले धरानस्थित धरान इन्टरनेसनल कलेजमा कोरियोग्राफर प्रिया रानी लामाले फाइनल प्रतिस्पर्धाको लागि १९ जना प्रतियोगीहरुलाई विभिन्न सिक्वेन्सको प्रशिक्षण गराइरहेकी छिन्। त्यस्तै नियमित अथिति प्रशिक्षकमा मुख्य जिल्ला न्यायाधिश अर्जुन कोइरालाले कानुन तथा न्यायका बिषयमा र नेपाली सेना बटुक दल गणका मेजर सुमन थापाले सुरक्षा तथा व्यक्तित्व विकास सम्बन्धमा प्रशिक्षण दिएका थिए।
थप फोटोहरु यहाँ क्लिक हेर्नुहोस्
घण्टाघरमा मिस पूर्वाञ्चलको रक्तदान
न्युज अपडेट / एचकेनेपाल डट कम –
धरान, ९ सेप्टेम्बर। शनिवार बिहानैदेखि धरानको भानुचौकस्थित घण्टाघर गेट बाहिर हरियो टि-सर्ट लगाएका युवतीहरु बाटोमा हिंडिरहेका मानिसहरुलाई रक्तदानको बिषयमा कुरा गर्दै रक्तदान गर्नका लागि अनुरोध गर्दै थिए।
धरानमा आयोजना भइरहेको नेपालआइस नेचुरा मिस पूर्वाञ्चल २०१७ का सहभागी युवतीहरु कार्यक्रममा सहभागी हुदै रक्तदान गर्न अनुरोध गर्दै थिए।
आठ बर्षदेखि संचालन भैरहेको मिस पूर्वाञ्चलले आफ्नो सुरुवात देखि नै रक्तदान कार्यक्रमलाई निरन्तरता दिदै आएको छ। रक्तदान एउटा सामाजिक कार्यक्रम हो र रक्तदान जीवनदान भन्ने मन्त्रलाई जनचेतना जगाउने अभिप्रायले यसलाई मिस पूर्वाञ्चलको कार्यक्रममा समावेश गर्दै आएको आयोजक सिल्भर इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठले बताए।
यो बर्ष रक्तदान कार्यक्रम एन . आई . सी . एशिया बेंक लिमिटेडको सहकार्यमा गरिएको थियो। एन . आई . सी . एशिया बेंकका शाखा प्रबन्धक बिशाल श्रेष्ठले रक्तदान गर्दै सामाजिक तथा जनचेतनामूलक कार्यमा बैंकको सहभागिता रहेको बताए। कार्यकर्ममा एन . आई . सी . एशिया बैंकका अन्य कर्मचारीहरुले पनि रक्तदान गरेका थिए।
रक्तदाता खोज्नमा सक्रिय देखिने मिस पूर्वाञ्चलकी एक प्रतियोगी एजिना सिटौला यस्तो सामाजिक कार्यमा खटिनु पाउदा औधी खुसि लागेको बताउंछिन्।
२ घण्टा चलेको रक्तदान मा १६ पिन्ट रगत संकलन गरिएको थियो भने सोही समय अकस्मात बिपीके आईएचएसमा चाहिएको बी पोजिटिभ रगतका रक्तदाता तथा सिजी ग्रुपका सेल्स मेनेजर खेम कुइंकेलबाट २ पिन्ट रगत संकलन गरी पठाईएको थियो।
१५ बर्षदेखिबाट रक्तदान गरिरहेका कुइंकेलले हाल सम्म ४६ पटक रक्तदान गरिसकेको तर यसरी इमर्जेन्सी रगत चाहिएको बिरामीलाई आफ्नो रगत दिन पाउँदा मन एकदमै आनन्दित भएको बताउंछन्।
थप फोटोहरु यहाँ क्लिक हेर्नुहोस्
मिस पूर्वाञ्चलका सहभागीलाई हस्पिटालिटिको प्रशिक्षण
धरान। ४ सेप्टेम्बर। पूर्वाञ्चलकै सर्वा्धिक ठूलो सौन्दर्य प्रतियोगिता मिस पूर्वाञ्चल २०१७ का २१ जना सहभागीहरुलाई सोमबार हस्पिटालिटि म्यानेजेमन्टका बारेमा जानकारी गराउने उद्देश्यले एक दिने प्रशिक्षण दिइएको छ।
धरान इन्टरनेशनल कलेज अफ होटल म्यानेजेमन्टका सिइओ तथा प्राध्यापक लोकेन्द्र श्रेष्ठले मिस पूर्वाञ्चल २०१७ का सहभागीहरुलाई प्रतियोगिताको महत्वपूर्ण प्रशिक्षण मध्ये एक हस्पिटालिटि म्यानेजेमन्ट तथा डाइनिंग एट्टीचुड सम्बन्धी एक दिने प्रशिक्षण दिएका थिए। उनले डाइनिङमा बसेर खाने तरिकादेखि लिएर, शरीरलाई मेनटेन गर्न चाहिने खानाका मात्रा, ब्लालेन्स डाइट, फुड पोइजनिङ सम्बन्धी प्रशिक्षण गराएका थिए । उनले कलेजको प्रयोगशालामा सहभागीहरुलाई व्यवहारिक शिक्षा (प्राक्टिकल) समेत दिएका थिए।
मिस पूर्वाञ्चलको आयोजक सिल्भर इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठका अनुसार हस्पिटालिटिको प्रशिक्षणमा सहभागीहरुलाई अन्तर्राष्ट्रिय प्लेटफर्ममा पर्फमेन्स गर्ने तरिका समेत जानकारी गराइएको बताए।
सोमबारै भएको अर्काे प्रशिक्षण भने युरेका स्कुलका प्रिन्सिपल राजेन्द्र गुरुङले प्रतियोगितामा आफूलाई कसरी अब्बल बनाउने र अन्य भन्दा आफू कसरी ट्यालेन्ट हुने भन्ने विषयमा प्रशिक्षण समेत दिएका थिए। भने सहायक कोरियोग्राफर प्रमिषा बज्रचार्यले स्टेज वाक का बिषयमा प्रसिक्षण गराएका थिए।
मिस पूर्वाञ्चललाई बाणिज्य मन्त्रीको साथ
धरान। ३० अगष्ट। धरानको प्रतिनिधित्व गर्दै केन्द्र स्तरमा कहलिएका नेपाली कांग्रेसका नेता तथा बाणिज्य मन्त्री मिन बहादुर बिश्वकर्मालाई पूर्वाञ्चलकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिता “मिस पूर्वाञ्चल “ को आयोजक संस्था सिल्भर इन्टरटेनमेन्टले मिस पूर्वाञ्चल २०१७का सहभागी प्रतिस्पर्धीहरु माझ धरान इन्टरनेसनल कलेजको ट्रेनिंग हलमा आयोजित कार्यकर्ममा सम्मान गरेको छ।
सिल्भर इन्टरटेनमेन्टका सल्लाहकार सन्दिप श्रेष्ठ र अध्यक्ष्य दिपक बनेपालीले खादा ओढाएर तथा सल्लाहकार श्रेष्ठले सम्मान पत्र बाणिज्य मन्त्री मिन बहादुर बिश्वकर्मालाई दिएका थिए।
सोही समारोहमा अध्यक्ष बनेपालीले मन्त्रीलाई यो बर्षको टिकटबाट उठेको सम्पूर्ण रकम इटहरीको गैरीगाउँ स्थित बाढी पिडितको लागि खर्च गरिने जानकारी दिए। सल्लाहकार श्रेष्ठले मन्त्रीलाई सफल कार्यकालको लागि सुभकामना दिदै मिस पूर्वाञ्चल नाफामुखी भन्दा पनि सेवामुखी भएको बताउंदै मन्त्रीबाट सक्दो सहयोगको अपेक्षा राखेका थिए।
मन्त्री बिश्वकर्माले आर्ट्स पढेको आफू अहिले बाणिज्य बिभाग सम्हाल्न पुगेको बताउंदै हरेक कुरामा आफ्नो क्षमता अभिबृद्धि गर्दै लाने हो भने जुनसुकै क्षेत्रमा आफूलाई सफल बनाउन सकिने बताउदै सम्पूर्ण सहभागीहरुलाई शुभकामना दिए।
कार्यकर्ममा सिल्भर इन्टरटेनमेन्टका निर्देशक सौरभ श्रेष्ठ, मिस पूर्वाञ्चल २०१७ का बरिष्ठ प्रशिक्षक तथा प्राध्यापक राजबिमल श्रेष्ठ, प्रशिक्षक तथा प्राध्यापक रबिन्द्र थापा , सिल्भर इन्टरटेनमेन्टका सदस्यहरु शत्रुघन अन्सारी , सौगात रिजाल ,प्रकाश लकान्द्रीलगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम संचालन मिस पूर्वाञ्चल २०१५ की सेकन्ड रनर अप तथा मिस पूर्वाञ्चल २०१७ की ट्रेनर प्रमिशा बज्राचार्यले गरेकी थिइन्।


