भूमिराज राई / एचकेनेपाल डट कम –
बंगलादेश क्लब नेपालको आयोजनामा सम्पन्न ईद रियुनियन २०१७ कार्यक्रममा एकमात्र अतिथि गायिकाको रुपमा आमन्त्रित गायिका मिलन अमात्यले कार्यक्रममा उपस्थित प्रमुख अतिथि नेपालका लागि बंगलादेशकी राजदूत माश्फी बिन्ते शामलगायत उपस्थित सबैलाई बेंगोली गीत सुनाएर मन्त्र मुघ्ध पारिन्।
बंगलादेशका प्रतिष्ठित ब्यक्ति ब्यक्तित्वहरुको उपस्थिति रहेको ईद रियुनियन २०१७ मा आफ्नो गायकी र गलाको जादुले लट्ठ बनाउँदै गायिकाले उपस्थित अतिथिहरुलाई कम्मर मर्काउन बाध्य पारेकी थिइन्।
प्रमुख अतिथि राजदूतले गायिका मिलनलाई उत्कृष्ठ आवाज र प्रस्तुती रहेको भन्दै नेपाली गायिकाको आवाजमा बेंगोली गाना सुन्दा अचम्म लागेको भन्दै गायिकाको प्रसंसा गरेका थिए।
ठमेलको होटल मनाङमा सम्पन्न कार्यक्रममा बंगलादेशदेखि आएका पाहुना र प्रबासी बंगालीहरु, बंगलादेशी राजदूताबासका उच्च पदस्त अधिकारी, ब्यापारी, चिकित्सक, ब्यबसायी र अन्य पेशामा आबद्ध ब्यक्ति ब्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो।
धेरै भाषामा गीत गाउन सक्ने साथै भारत र बंगालामा समेत चिनिएकी गायिका भएकाले राजदूत प्रमुख अतिथि रहेको कार्यक्रममा गायिका मिलन अमात्यलाई बिषेश कलाकारका रुपमा प्रस्तुतिका लागि निम्तो गरिएको थियो।
व्यक्तिगत जीबनको निजी कुरा साथै झुटो आरोप जस्ता कुराहरुमा मुछेर गसिप नबनाउन साथै आफ्नो टुटेको साथको बारे मिडियामा उछाल नगर्न कडा चेतावनी दिएको अन्तर्बार्ता स्क्रीन नेपालबाट प्रकाशित भएको छ।
ब्यक्तिगत सहयात्रामा पूर्णबिराम लागे पनि ब्यबसायिक यात्रामा निरन्तरता दिनु ब्यबसायिक धर्म ठान्ने गायिका मिलन अमात्यको साँगीतिक लोकप्रियता चुलिने क्रम अझै तिब्र होस हाम्रो कामना।