वाम एकतामा दिल्ली ‘सरप्राइज’

नेपालमा एमाले, माओवादी र नयाँ शक्ति नेपालबीच भएको वामपन्थी एकताको सैद्धान्तिक सहमतिले दिल्ली ‘सरप्राइज’ भएको छ।

गत अगस्टमा प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा आउँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले औपचारिक भेटघाटअघि नै प्रधानमन्त्री देउवासँग आफ्नो निवासमा भेटेर नेपाल र नेपाली जनतालाई ‘सरप्राइज’ दिएका थिए।

नेपालको राजनीतिमा वाम दलको रोमाञ्चक ‘मुभ’ले दिल्लीलाई त्योभन्दा पनि ठूलो ‘सरप्राइज’ दिएको छ । नेपालको राजनीतिले फेरि एकपटक कोल्टे फेरेको छ । वाम एकतालाई लिएर नेपाली राजनीति तरंगित भएको छ ।

बदलिएको यो राजनीतिक ध्रुवीकरण भएपछि दिल्ली एक्कासि झस्कियो । यसको पछाडि दुई प्रमुख कारण रहेका छन् । पहिलो, एक्कासि भएको यो परिवर्तनमा चीनको हात रहेको आशंका भारतको छ । दोस्रो, आफ्नै सहयोग र समर्थनको सरकारमा संलग्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको वामपन्थी एकतातर्फको ‘मुभ’ले दिल्ली आश्चर्यचकित छ।

हुनत दाहालको पछिल्लो क्रियाकलापबारे दिल्ली एकदमै अनभिज्ञ पनि होइन । अगस्टमा प्रोस्टेटको अपरेसनपछि आराम गरिरहेका नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईको स्वास्थ्य स्थिति बुझ्न गएका दाहालले भेटेर बाहिरिएलगत्तै भट्टराईले आफूसँग सहकार्य गर्ने विश्वास व्यक्त गरेका थिए।

त्यसैगरी, प्रधानमन्त्री देउवाले भारत आउँदा संविधान संशोधनसम्बन्धमा बोलेको विषयमा देउवासँग असन्तुष्ट दाहालले एमाले अध्यक्ष केपी ओलीसँग राजनीतिक छलफल तीव्र बनाएका थिए । दिल्लीले यसलाई नजिकबाट नियालिरहेको खबर आजकोअन्नपुर्ण पोष्टमा छ।





Comments

comments

Leave a Reply

19991