अब राष्ट्रपतिको उम्मेदवार बन्न १ लाख रुपैयाँ धरौटी राख्नु पर्ने

संघीय संसद र प्रदेशसभा गठन भएको एक महिनाभित्र मुलुकले नयाँ राष्ट्रपति पाउने भएको छ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन विधेयक आइतबार संसदबाट पारित भएको खबर नयाँपत्रिकाले छापेको छ। पारित विधेयकअनुसार राष्ट्रपतिको निर्वाचन भई परिणाम घोषणा भएको सात दिनभित्र उपराष्ट्रपतिको निर्वाचन गर्नुपर्ने छ।

सरकारले २९ भदौमा संसदमा दर्ता गरेको राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी विधेयकलाई सामान्य हेरफेर गर्दै पारित गरिएको हो। सरकारले राष्ट्रपतिको उम्मेदवार बन्न एक लाख र उपराष्ट्रपतिको उम्मेदवार बन्न ७५ हजार रुपैयाँ धरौटी राख्नुपर्ने प्रस्ताव राखेको थियो।

उम्मेदवार बन्न धरौटी राख्नुपर्ने र प्रस्तावक तथा समर्थकको संख्याबारे सरकारले राखेको प्रस्तावविरुद्ध संशोधन परेको थियो । विधेयकमाथि १८ सांसदले एकल तथा संयुक्त गरी १० वटा संशोधन विधेयक दर्ता गराएका थिए । राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार बन्न धरौटी राख्नुनपर्ने तथा प्रस्तावक पाँचजना र समर्थक पाँचजना सांसद भए पुग्ने गरी संसद्ले विधेयक पारित गरेको हो।





Comments

comments

Leave a Reply

20007