एनआरएन हङकङका अध्यक्ष गुरुङद्वारा सहारा एकेडेमी भम्रण, १ लाख सहयोग गर्ने

सुदर्शन रञ्जित / एचकेनेपाल डट कम –

पोखरा, गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रियको महाधिवेशनमा नेपाल आएकी एनआरएनए हङकङका अध्यक्ष राधिका गुरुङ (टिका) ले सहारा एकेडेमीको अवलोकन गरेकी छन्।

सहारा क्लव हङकङका सल्लाहकार समेत रहेकी गुरुङलाई क्लबका अध्यक्ष केशवबहादुर थापाले एकेडेमीमा स्वागत गर्दै क्लबका गतिविधि र नयॉ निर्माण योजनाहरु बारे जानकारी दिए।

भ्रमणका क्रममा अध्यक्ष गुरुङले सहारा क्लबको तेश्रो तल्लाको निर्माणको लागि एक लाख एक रुपैयॉ सहयोग गर्ने घोषणा गरेकी छन्। गुरुङले सहयोगलाई निरन्तरता दिने पनि बताइन्।

सोही अवसरमा नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, सामाजिक अभियान्त तथा गुरुङका आमा नन्दकुमारी गुरुङ, ज्ञानुबाबा बोडिङ स्कुलका प्रिन्सिपल शुभकन्या गुरुङ, भलिबल खेलाडी मञ्जु गुरुङसहित सहारा क्लबका कार्यसमितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।





Comments

comments

Leave a Reply

20057