महतोलाई किन पटकपटक कर छुट ?

मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको बिक्री प्रकरणमा पुँजीगत लाभकर निर्धारण गर्ने क्रममा एनसेलका तत्कालीन शेयर साझेदार डा.उपेन्द्र महतोलाई फेरि एकपटक उन्मुक्ति दिइएको छ।

अघिल्लो साता ठूला करदाता कार्यालयले एनसेलका तत्कालीन साझेदार निरज गोविन्द श्रेष्ठलाई थप ११ अर्ब रुपैयाँ पुँजीगत लाभकर निर्धारण गरेको भए पनि श्रेष्ठलाई शेयर बिक्री गर्ने महतोमाथि भने रहस्यमय तरिकाबाट कर निर्धारण गरिएको छैन।

श्रेष्ठले उपेन्द्र महतोको सिनर्जी नेपालसँग खरिद गरेको २० प्रतिशत शेयर सतिशलाल आचार्यको श्रीमाती भावना सिंह श्रेष्ठलाई बिक्री गरेबापत ठूला कर कार्यालयले पटक–पटक लाभकर लगाउँदै आएको छ । तर, त्यस्तै प्रकृतिको अर्को बिक्री अर्थात् उपेन्द्र महतोले श्रेष्ठलाई र रेनोल्डस् होल्डिङलाई बिक्री गरेबापतको पुँजीगत लाभकरका विषयमा भने सरकार सधैं मोन रहँदै आएको खबर नेपाल समाचारपत्रमा छ।





Comments

comments

Leave a Reply

20164