नेपाली घर निर्माणको लागि कोलोराडोमा देउसी भैलो खेलिने

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –

कोलोराडो, अमेरीका। नेपालीहरुले दोश्रो महान चाड तिहारको अवसरमा कोलोराडो निवासी नेपाली समुदायले नेपालीहरुको बाक्लो बसोबास रहेको शहरहरु बोल्डर, लङमन्ट र अरोरामा देउसी भौलो खेल्ने भएका छन्।

कोलोराडोमा क्रियाशील नेपाली घरको आयोजना तथा स्थानीय संघ संस्थाको सहयोगमा अक्टोबर १८ देखि २० तारिखसम्म देउसी भैलो खेलीन लागेको हो।

बिशेष गरि नयाँ पुस्तालाई हाम्रो रहन सहन, भाषा, संस्कृति तथा भेष भूषाको जानाकारी गराउन तथा यहांका स्थानीय बासिन्दाहरुलाई नेपालीको भाषा र संस्कृतिको पहिचान गराउन कार्यक्रम आयोजना गरिन लागिएको र यस्ता कार्यक्रमले मातृभूमि प्रतिको कर्तब्य स्मरण गराउने तथा कर्मथलोमा जन्मथलोको संस्कृति पहिचाहन गराउने नेपाली घरका अध्यक्ष लक्षुमण रानाले बताए।

यसरी देउसी भैलो खेलिने स्थानहरुमा अक्टोबर १८ सांझ ६ देखि ९ बजेसम्म लङमन्टस्थित एभरेष्ट रेष्टुरेन्टमा, अक्टोबर १९ सांझ ७ देखि ९ बोल्डर त बोल्डर मेडोज कम्यूनिटी हलमा, त्यस्तै गरि कोलोराडोको दक्षिणी क्षेत्र अरोरामा अक्टोबर २० सांझ बिभिन्न घरहरुमा घरदैलो कार्यक्रम गरि देउसी भैलो खेल्ने कार्यक्रम रहेको नेपाली घरका महासचिव निर्मल श्रेष्ठले बताए।

देउसी, भैलो कार्यक्रममा कोलोराडोमा बसोबास गर्नुहुने सबै समुदायका गन्य मान्य, कलाकार, पत्रकार, बुद्धिजीवी, ब्यापारी तथा सर्बसाधारण सबैलाई आमन्त्रण गरिएको छ।

हाम्रो धर्म, संस्कृति संरक्षण र पहिचाहन गराउन पाईने यस्तो अवसरमा, आयोजकले सकेसम्म सबैलाई आ–आफ्नो जातीय पहिरन लगाई, बाल बलिकाहरुलाई पनि सहभागी गराई संस्कृति सिक्ने र सिकाउने बाताबरण बनाई दिनु हुन सबैलाई आग्रह गरेको छ। छुट्टै जातीय पहिरन नहुनेहरुले सकेसम्म पुरुषहरु दौरा सुरुवाल र महिलाहरु साडी चोलो लगाएर सहभागी भई कार्यक्रमको शोभा बढाई दिनुहुन समेत अनुरोध गरिएको छ।

नेपाली घरले नेपालीहरुको भाषा, संस्कृति , रीति रिवाज, तथा भेष भूषाको संरक्षण, सम्बर्धन र पहिचान गराउने उद्धेश्यको साथ हरेक बर्ष देउसी भैलोलगायत बिभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै आएको छ । संस्थाले देउसी भैलोबाट संकलन गरिएको रकम सबै नेपाली घरको खातामा जम्मा गरिने र उक्त रकम नेपाली घर निर्माणको लागि मात्र खर्च गर्ने बताएको छ।





Comments

comments

Leave a Reply

20170