डीसीमा यस्तो रह्यो कलिवुड नाइट (फोटो फिचरसहित)

विजय थापा / एचकेनेपाल डट कम –

नेपालका राष्ट्रिय कलाकारसहितको कलिवुड नाइट डीसीमा भव्यरुपमा सम्पन्न भएको छ।

कार्यक्रमको बिशेष आकर्षण र महिनौ अगाडिदेखि पूर्व अभ्यासमा बिशेष ध्यान दिइएको सुपर ममको प्रस्तुती बेजोड रहयो। एकै प्रकारको फरियामा महिला कलाकारहरुको उत्कृष्ट प्रस्तुतीलाई दर्शकले वन्स मोर दोहोर्याउन माग गरेका थिए।

कार्यक्रमको प्रारम्भमा अमेरिमा जन्मेका किशोरीहरुको तिहारको देउसी भैलो गीत ,मखमली चोली चाहिदैनसहितको धुनमा गरिएको नृत्य बेजोड रहेको थियो। यसै गरि कार्यक्रममा नायक दिलिप रायमाझी र कलाकार सुनिक्षा मैनालीको कुटुमा कुटु सुपारी दाना उत्कृष्ट प्रस्तुती रहेको थियो।

नायिका झरना थापाले मलाई छम छम नाच्न मन लाग्यो भन्ने गीतमा पहिलो प्रस्तुति दिएकी थिइन् भने दोश्रो उनले नायक जीवन लुइँटेललाई साथ दिएकी थिइन्। अमेरिकामा उनको अमेरिकामा यो पहिलो प्रस्तुती थियो।

नायक जीवन लुइँटेलले नृत्य निर्देशक लुना श्रेष्ठसंग मेरो लाहुरे आउछ रे ,म त मर्छु पो क्या हो ठूली भन्ने गीत गाउदा दर्शकले सिट्ठी र ताली बजाएका थिए। नेपाल ताराका प्रथम बिजेता दीपक लिम्बूले मैले माया गर्न जानिन होला र हेन्डसम हेन्डसम कान्छा दुई वटा गीत प्रस्तुत गरेका थिए। नायक राज बल्लव कोइरालाले कविता प्रस्तुत गरे।

हास्य कलाकार रतन सुबेदीको हवल्दारको प्रस्तुती र रातो भाले क्वाई क्वाई सुत्केरीलाई ख्वाए गीतको प्रस्तुति मनोरंजन रह्यो। कलाकार अमृत लामाले सुनिक्षा मैनालीसंग नृत्य प्रस्तुत गरेका थिए।

हास्य कलाकार गोपाल नेपाल (फिस्टे) र पुस्कर पन्तको प्रहसन बिशेष रहेको थियो भने युवा नृत्य निर्देशक नविन केसी तथा लुना श्रेष्ठले मलाई थाहा छैन भन्ने गीतको नृत्य त्यतिकै बेजोडको रह्यो। लोक गायक राम प्रसाद खनाल ,कलाकार राजेश नाथ (बैतडी बाजे )तथा अन्य केही स्थानीय कलाकारहरुको समेत प्रस्तुती रहेको थियो। कलाकार मिनाक्षी बन्दना तथा संचारकर्मी परसु तिमिल्सिनाले कार्यक्रम संचालन गरेका थिए।

तस्बिर: राजिव श्रेष्ठ , थप तस्वीरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्





Comments

comments

Leave a Reply

20178