माओवादी मन्त्रीहरुले राजीनामा किन दिएनन्?

सामूहिक राजिनामा दिने मुड बनाएका माओवादी केन्द्रका मन्त्रीहरु किन एकाएक रोकिए? मंगलबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवासामू राजिनामाको टुंगो लगाएका केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बीचैमा निर्णय फेरबदल गरेपछि सबैको मनमा जिज्ञासा उठेको छ।

त्यसको मुख्य कारक वाम गठबन्धनले चुनावको अनिश्चयलाई बनाएको छ । सर्वोच्च अदालतमा विचाराधिन मतपत्रसम्बन्धी एक मुद्दामा चुनावको प्रतिकुल निर्णय आए चुनाव सार्न देउवा सरकारलाई सहज हुने निष्कर्ष गठबन्धनको छ।

देउवा–दाहाल भेटमा माओवादीका तर्फबाट सरकारमा सहभागी ९ मन्त्री र ८ राज्यमन्त्रीलाई राजिनामा दिलाउने समझदारी बनेको थियो । ‘निकै खुशी मुडमै दाहाल देखिन्थे । तर, २ घण्टा नबित्दै उनले देउवालाई फोन गरेर आफ्ना मन्त्रीहरुले राजिनामा नदिने जानकारी दिएपछि प्रधानमन्त्री ज्यू स्वयं अचम्म पर्नुभएको थियो’, देउवा सचिवालयका एक सदस्यले दिउसभरको राजनीतिक फेरबदल सुनाउँदै भने।

दाहाल बालुवाटारबाट सिंहदरबार फर्किइ संसदीय दलको बैठकमा मन्त्रीहरुको राजिनामा गराउने निर्णय गराउदै थिए । त्यहीबीचमा सर्वोच्चबाट मतपत्र सम्बन्धी विवादमा टेकेर चुनाव प्रभावित हुन सक्ने निर्णय आउने सूचना पुग्यो । त्यस्तो निर्णय भए निर्वाचन आयोगले समेत तोकिएको मितिमा चुनाव गर्न नसक्ने अवस्था आउने उक्त बैठकमा सांसदहरुले उठाएका थिए । केही सांसदहरु भने पार्टीले गठबन्धन फेरेपछि सरकारमा बस्न नहुने तर्क गरिरहेका थिए । उता सर्वोच्चको सम्भावित निर्णयबारे उस्तै सूचना प्रमुख दल एमालेका नेताहरुलाई पनि पुगेको थियो ।

‘सर्वोच्चको आदेशमा टेकेर चुनाव सार्ने खेल हुन सक्ने भनेपछि हामीले निर्णय परिवर्तन गर्‍र्यौं’, माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले भनिन्। कान्तिपुरले खबर छापेको छ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

Leave a Reply

20192