प्रसिद्ध पत्रकार कारुआना गालिजियाको हत्या

युरोपेली मुलुक माल्टामा भएको भ्रष्टाचारसम्बन्धी पानामा पेपर्स अनुसन्धानको नेतृत्व गरेकी प्रसिद्ध पत्रकार एवं ब्लगर डाफ्ने कारुआना गालिजियाको कार बम बिस्फोटनमा परी मृत्यु भएके माल्टा प्रहरीले जनाएको छ।

माल्टाको मोस्टा सहर नजिकै रहेको बिडनिजास्थित घरबाट निस्केको केही समयमा नै आफैले चलाईरहेको कार विस्फोट भएर ५३ बर्षे डाफ्ने कारुआना गालिजिया मारिएको बताईएको छ।

घरबाट निस्कने वित्तिकै कारमा बम विस्फोट भएको उनको एउटा छोराले सुनेपछि उनी कुद्दै गएको स्थनीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

यस बर्षको सुरुवातमा कारुवाना गालिजियाले भ्रष्टाचारीको आरोप लगाएका माल्टाका प्रधानमन्त्री जोसेफ मस्काटले उनको हत्याको निन्दा गरेका छन्। नागरिक दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

20202