वाम तालमेलभन्दा जालझेल बढी: एमालेभित्र आन्तरिक विवाद उत्कर्षमा, थप समाचारः
नेकपा एमाले र माओवादी केन्द्रले आगामी निर्वाचनका लागि संयुक्त उम्मेदवारी विरुद्ध वामपन्थी गठबन्धनबाटै वागी उम्मेदवारले पनि उम्मेदवारी दर्ता गराएका छन्।
एमाले र माअोवादी केन्द्र भित्र उम्मेदवारी छनोटको विषयलाई लिएर बढी विवाद चुलिएको खबर नेपाल समाचारपत्रमा छ।
पार्टी भित्रको विवाद वागी उम्मेदवारी दिनेसम्मको भएको छ। एमाले अध्यक्ष केपी ओलीले आफू निकटका व्यक्तिलाई मात्र टिकट दिएको भन्दै एमालेभित्रै आन्तरिक विवाद उत्कर्षमा पुगेको छ।
ओलीको निर्णयप्रति वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालले असन्तुष्टि जनाउँदै आएका छन्।