सर्वोच्च अदालतको बाध्यात्मक आदेश कार्यान्वयन नगरेको भन्दै प्रहरी महानिरीक्षक प्रकाश अर्यालविरुद्ध मानहानि मुद्धा दर्ता भएको छ।
ज्यान मुद्धामा दोषी ठहरिएका बालकृष्ण ढुंगेललाई पक्राउ गर्न सर्वोच्च अदालतले दिएको आदेश पालना नगरेको भन्दै मंगलबार महानिरिक्षक आर्यालविरुद्ध सर्वोच्चमा मानहानिको मुद्धा दर्ता भएको खबर नागरिकले छापेको छ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतले पक्राउ वारेन्ट नोटिस दिएको ६ महिना वितिसक्दा पनि प्रहरीले ढुंगेललाई नखोज्नुले अदालतको मानहानि भएको भन्दै कारबाही माग राखेर निवेदन दर्ता गराएका हुन्।