बेलायतमा सम्पन्न ‘एभरेष्ट आइडल’को उपाधि सोनाहाङ राईलाई

बेलायतमा सम्पन्न ‘एभरेष्ट आइडल’को उपाधि सोनाहाङ राईलाई, आईडलको फस्ट रनर अप निमान तामाङ् र सेकेण्ड रनर अप दिप प्रकाश राई, थप समाचारः

सुरेन्द्र इङ्नाम र रोशन मेवाहाङ्ग / एचकेनेपाल डट कम –

केन्ट, बेलायत। बेलायतको एम्पायर बेङ्क्युटिङ हल अल्डरसटमा ई–मेडिया हबको आयोजनामा शनिवार सम्पन्न पहिलो ‘एभरेष्ट आईडल युके’ गायन प्रतियोगिताको उपाधि सोनाहाङ राईले जितेका छन्। आईडलको फस्ट रनर अप निमान तामाङ् र सेकेण्ड रनर अप दिप प्रकाश राई भए।

हेर्नुहोस् फेसबूक लाईभ भिडियोः
भाग १
भाग २
लाईभ भिडियोः रोशन मेवाहाङ्ग/ एचकेनेपाल डट कम

बेलायतका लागि नेपाली राजदूत तथा साहित्यकार डा.दुर्गा बहादुर सुबेदी “दुबसु” को प्रमुख आथित्य रहेको कार्यक्रममा विशेष अतिथिमा एनआरएन यूकेका वर्तमान अध्यक्ष योग कुमार फगामी रहेका थिए। अन्य अतिथिहरुमा प्रायोजकहरु दिपेश लामा, देउकी राई, सूर्य गुरुङ, जितेन्द्र चेम्जोङ्, कुमार पुन, बलबहादुर राई, दुर्गा घले गोकर्ण चोङ्बाङ्, चित्रकुमार राई, याम शेरचन, निरा पिजी, धिरेन्द्र चेम्जोङ् र शंकर गुरुङ थिए।

ई–मेडिया हबका सिईओ ईश्वर चाम्लिङ राईले कार्यक्रम सफल पार्न उपस्थित संगीतप्रेमी,सहयोगी र दर्शकलाई स्वागत गर्दै आईडलका पुरस्कार प्रायोजकहरुलाई विषेश धन्यवाद पनि दिए।

प्रमुख अतिथि डा. “दुबसु” ले शुभकामना मन्तब्यमा दिदै “यस प्रतिस्पर्धामा कोही पनि हारजीत हुदैन, जितेर पनि गौरब र अहङ्कार गर्नु हुदैन, डायस्पोरा बेलायत भूमिमा रहेर नेपाली गीत संगीतमा लागी पर्नुले नै सबै प्रतियोगीहरुले आईडल जिति सकेको बताए। नेपाली साँगीतिक आकाशका कालखण्डका गायकहरु मास्टर मित्रसेनदेखि राजेश पायल राई, दिपक लिम्बु सम्मका पुस्ताका नामहरु सम्झदै गोरखाली वीरताका इतिहास, बहादुरीको इतिहासकासाथै हाम्रो बहादुरी, धर्म, संस्कार सँस्कृति जोगाउन हामी सफल भएको बताए। प्रतिस्पर्धीहरुलाई शुभकामना ब्यक्त गर्दै अन्त्यमा राष्ट्रकवि माधब घिमिरेको कविता दुई हरफ सुनाएका थिए।

प्रतियोगीतामा १४ प्रतिस्पर्धीहरु सोनाहाङ् राई, सुमि राई, मार्गरेट लिम्बु, निमान तामाङ, काशी राई, लच्छु शेर्पा, किरण गुरुङ, आइती गुरुङ, निरु चन्द, दीपप्रकाश राई, प्रवेश राई, मनोज गुरुङ, शकुन सुनुवार, नन्दिता राई भएकोले कार्यक्रमलाई ३ चरणमा विभाजन गरिएको थियो।

पहिलो चरणमा ४ जना आउट, दोस्रो चरणमा ५ जना आउट गर्दै र फिनालेमा ५ जना क्रमशः दीप प्रकाश राई, निमान तामाङ्, सुमी राई सोनाहाङ राई, मनोज गुरुङ पुग्न सफल उक्त प्रतियोगितामा “सान्नानीले झुक्यायो मलाई र कहाँ थियौ तिमी रङ्ग मञ्च उठेपछि आयौ” बोलको दुई गीत गाएर सबैलाई पछि पार्दै बेलायतका लागि नेपाली सांगीतिक धरातलमा ऐतिहासिक रुपमा पहिलो एभरेष्ट आईडलको उपाधिसहित १२ सय पाउण्ड सोनाहाङ राइले हात पारेका हुन्। उक्त आईडलको फस्ट रनर अप निमान तामाङ् र सेकेण्ड रनर अप दिप प्रकाश राई भए।

आईडलका निर्णायकहरु शर्मिला बर्देवा, शितु खरेल, बिसी राई र पर्यवेक्षक जज लेजेन्डरी गायक नोर्देन तेन्जिङ भोटियाले फाईनलका १४ प्रतिस्पर्धीहरु सबै उत्कृष्ट रहेकाले उनीहरुबाट पहिलो “एभरेस्ट आईडल” छान्न निकै गाह्रो परेको बताए। तर, पब्लिक भोटिङले धेरै सजिलो बनाएको बताए।

आईडलको पुरस्कार प्रायोजकहरुमा न्यू लक्ष्मी ज्वेलरी “ग्राण्ड मास्टर स्पोन्सर”, देउकी राई “मास्टर स्पोन्सर”, पिपल मर्गेज “मास्टर स्पोन्सर”, गोर्खा भिल्ला, आशफोर्ड “मेजर स्पोन्सर”, दुर्गा घल “मेजर स्पोन्सर” पुनहिल ग्रोसरी सप “मास्टर स्पोन्सर”, फोर्सेस क्याब “मास्टर स्पोन्सर”, एभरेस्ट सेक्युरिटी “मास्टर स्पोन्सर”, गोर्खा प्रोपर्टिज “मास्टर स्पोन्सर”, जेन ट्राभल्स “मास्टर स्पोन्सर”, काठामाडौं ज्वेलर्र “स्पोन्सर”, निरा पिजी “मिनी स्पोन्सर”, गोर्खा भिल्ला अल्डरसट “मिनी स्पोन्सर”, यूरोपा फूड “मिनी स्पोन्सर” रहेका थिए भने मिडिया पार्टनरमा www.hknepal.com एचकेनेपाल डट कम र विनेपाली डट्कम रहेका थिए।

साँझ निर्धारित समय ५:३० बजे शुरु भएर मध्यरात १२ बजे सकिएको उक्त कार्यक्रमलाई साहित्यकार नबराज राई र मिस यूके २०१४ की विजेता नेहा देवान दोयले संयुक्त रुपमा सञ्चालन गरेका दिए।

हेर्नुहोस् फेसबूक लाईभ भिडियोः
भाग १
भाग २
लाईभ भिडियोः रोशन मेवाहाङ्ग/ एचकेनेपाल डट कम





Comments

comments

Leave a Reply

20324