नेपाली महिलाहरु धमाधम केरुङतिर, किन जाँदै छन्?

रसुवा – नेपालको उत्तरी व्यापारीक नाका रसुवागढी हुँदै चीनको केरुङ जाने महिलाको संख्या बढेको छ।

केरुङ जानका लागि खर्च कम लाग्ने र राहदानी बनाउने झन्झट बेहोर्न नपर्ने भएपछि रसुवाका किशोरी तथा महिला त्यसतर्फ आकर्षित भएका हुन्।

पछिल्लो डेढ महिनामा साढे दुई सयको हाराहारीमा रसुवाका महिला केरुङ गएका छन्।

तर गएकामध्ये ५० प्रतिशत फर्कने गरेको माइती नेपाल रसुवाले जनाएको छ।

चीन प्रवेश गर्ने महिलाको विवरण राख्न माइती नेपालले नाकामा सहायता कक्ष सञ्चालन गरेको नागरिक दैनिकमा खबर छ ।

केरुङमा काम गर्न जाने महिलाले मासिक १५ देखि २५ हजार रुपैयाँसम्म पारिश्रमिक पाउँछन्।

जिल्लामा रोजगारीको अभाव र गरिबीको कारण त्यसतर्फ जानेको संख्या बढेको देखिन्छ ।





Comments

comments

Leave a Reply

20377