टप मोडल २०१७ को उपाधि पुरुस्वतम र सबिनालाई

सुर्य चन्द –
काठमाडौँ : फेशन संसार डट कमको आयोजनामा राष्ट्रिय नाचघरमा सम्पन्न भएको ग्रान्ड फिनालेमा टप मोडल २०१७ को उपाधि पुरुस्वतम मलिक र सबिना भण्डारीले जितेका छन्।

अरु प्रतिस्पर्धी भन्दा फरक,ब्युटीफ़ुल ह्यान्डसम र बौद्धिक रुपमा अब्बल साबित गर्दै पुरुस्वतम मलिक र सबिना भण्डारीले उक्त ताज पहिरहन सफल भएका हुन्।

त्यस्तै टप मोडल २०१७ मा पुरुषतर्फ फर्स्ट रनरअप विकल्प शर्मा र सेकेन्ड रनरअप गणेश चन्द र महिलातर्फ फर्स्ट रनरअप रन्जिता भट्टराई र सेकेन्ड रनरअप संगीता थापा भए।

सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिएर उनीहरुको आत्मा बिश्वासलाई अझ मजबुत बनाउन प्रतियाोगिता गरेको आयोजक फेशन संसार डट कमको सी ई ओ ओम ढुंगेलले जानकारी दिए।

टप मोडल २०१७ को अन्तिम प्रतिस्पर्धामा संचारकर्मी तथा कलाकार सुर्य चन्द, मोडल तथा नायिका खुस्बु खड्का, इभेन्ट अर्गानाइजर निशु झा, नायिका नम्रता झा र कलाकार अजय पोखरेल अज्जु निर्णायक मण्डलीमा रहेर बिजेता घोषणा गरेका थिए।

टप मोडल २०१७ सौन्दर्य प्रतियोगिताको कोरियोग्राफर अज्जु मन्सुरले गरेका थिए। डाइरेक्टर सुरेक्षा भट्टराईका अनुसार सौन्दर्य प्रतियोगीताले नेपाली युवा युवतीहरु बीच व्यक्तित्व विकास र आफूसंग भएको प्रतिभा प्रस्फुटन गरि समाजमा एक प्रकारको सकारात्मक सन्देश दिन सक्ने छन्। कार्यक्रमको संचालन आश्विनी झा तथा सन्नी निधिले गरेका थिए।





Comments

comments

Leave a Reply

20589