बम आक्रमणबाट बचेका डा. महतको यस्तो आयो प्रतिक्रिया

प्रतिनिधिसभा तथा प्रदेशसभाको पहिलो चरण निर्वाचन हुन नौ दिन बाँकी छँदा शुक्रबार नुवाकोट तथा रोल्पामा गराइएका ठूला विस्फोटका घटनाले चुनाव सुरक्षाप्रति चिन्ता थपिदिएको छ।

नुवाकोटमा पूर्वमन्त्री तथा कांग्रेस नेता डा.रामशरण महतलाई लक्ष्य गरी एम्बुस विस्फोट गराइएको छ भने रोल्पामा निवर्तमान सभामुख ओनसरी घर्ती, बिनाविभागीय मन्त्री एवं माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र पूर्वअर्थमन्त्री वर्षमान पुनलाई लक्ष्य गरी बम प्रहार भएको अन्नपूर्ण पोस्टमा खबर छ।

डा. महतले एम्बुस प्रहार र विस्फोटको घटना हत्या-हिंसामा विश्वास राख्नेहरूले गराएको बताएका छन् । उनले आफ्नो हत्या गर्ने मनसायले शक्तिशाली विस्फोट गराइएको प्रतिक्रिया दिँदै भने, ‘यो गम्भीर घटना हो, यसको तुरुन्तै छानबिन गरी दोषीमाथि कारबाही गरिनुपर्छ।’

 





Comments

comments

Leave a Reply

20621