‘हाम्रा कुरा सुन्दैनन्, भाषणमात्रै सुनाउँछन्’

अपरिचित ठाउँ पनि होइन, अपायक पनि होइन । बिन्ध्यवासिनी मन्दिरबाट सराङ्कोटतिर उकालो लाग्ने ठाउँबाट १५ किलोमिटरको मोटरबाटोको दूरीमै छ, कास्कीकोट।

कास्कीकोटको पनि मूलबाटोबाट एक मिनेट उत्तरीपाखोको भुजेल गाउँ उत्तरतिर फर्किएर माछापुच्छ्रे हिमालसँग आँखा जुधाइरहन्छ । तर, गाउँलेले दलका नेतासँग आँखा जुधाउन पाएका छैनन्।

सुन्दर हिमाली दृश्यले लोभ्याउने यो गाउँमा भुजेल संस्कृतिमात्रै छैन, ब्राह्मण, क्षत्री र दलितको सहिष्णुता र सद्भाव पनि छ । यत्ति हो गाउँमा पानी भने छैन । पानीका लागि स्थानीयले वर्षैाँदेखि पर्खिएका छन् । अरू बेला नआए पनि चुनावमा नेता आउलान् र तिनलाई व्यथा पोखौंला भन्ने पनि छैन भुजेल गाउँलाई।

२०६४ को चुनाव आयो, गयो । २०७० को चुनाव आयो, गयो । तर कोही नेता भोट माग्न पनि गाउँ आएनन् । गाउँलेलाई लागेको थियो, नेताले भोट माग्नेछन्, त्यही बेला पानी मागौंला।

पोखरा महानगरको वडा नम्बर २४ र निर्वाचन क्षेत्र विभाजनअनुसार कास्की ३ मा पर्ने भुजेल गाउँको त्यो धोको यसपालि पनि पूरा हुने छेकछन्द देखिएन ।प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसका उम्मेदवार शुक्रराज शर्मा कास्कीकोट आएका थिए, तर भुजेल गाउँ पसेनन्

वाम गठबन्धनतर्फबाट प्रदेशमा एमाले उम्मेदवार राजीव पहारी पनि कास्कीकोटको मूलबाटो हुँदै हिँडिसके तर भुजेल गाउँ छिरेनन् । प्रतिनिधिसभा सदस्यका लागि एमाले उम्मेदवार जगत विश्वकर्मा कास्कीकोट उक्लिसकेकै छैनन्। अन्नपूर्ण पोष्टमा खबर छ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

Leave a Reply

20752