लास जलाएको कोइलाबाट पाक्छ सेकुवा

मानव स्वास्थ्यलाई प्रतिकुल असर पुग्ने गरी धरानमा शवदाह गरेको कोइला बिक्री हुने गरेको छ।

शवदाह गरेको कोइला खुलेआम बिक्री हुँदासमेत सरोकारवाला निकाय भने मौन बसेको स्थानीयको गुनासो छ। उनीहरुले त्यस्ता कोइला बिक्री बन्द गर्न माग गरेका छन्।

धरान–१४ स्थित खत्रीधारामा शवदाह गरेका दाउराबाट उत्पादित कोइला स्थानीय होटल व्यवसायीले खरिद गरी सेकुवा र मकै पोल्ने गरेको पाइएको छ।

खत्रीधारा आर्यघाटका चौकीदार सन्दीप थापाले स्थानीय होटल व्यवसायीहरुलाई सहुलियत दरमा कोइला बिक्री गर्ने गरेका छन्। उक्त कोइला स्थानीय होटल व्यवसायीहरुले बिहान र बेलुकाको समय पारेर खरिद गरी लाने गरेको प्रत्यक्षदर्शीले बताएका छन्।

उक्त कोइला धरानको बगरकोट, काठेपुल, निराजन बस्तीलगायतका होटल व्यवसायीले खरिद गरी लैजाने गरेको स्थानीयको भनाई छ। अन्नपूर्ण पोष्टमा खबर छ।





Comments

comments

Leave a Reply

20848