भारतीय अभिनेता शशि कपूरको निधन

भारतीय चर्चित अभिनेता शसी कपुरको निधन भएको छ । ७९ बर्षीया शसीको सोमबार मुम्बईस्थित कोकिलाबेन अस्पतालमा सांझ ५ः२० मा निधन भएको हो। लामो समयदेखि अस्वस्थ रहेका शसीले छातीमा समस्या भएको बताएपछि शनिबार अस्पताल भर्ना गरिएको थियो। रोमान्टिक हिरोको छबि बनाएका शसीको जन्म सन् १९३८ मे १८ मा कोलकतामा भएको हो । उनले आफ्नो जीवनकालमा १६० भन्दा बढी फिल्ममा अभिनय गरेका छन् । सन् २०११ मा प्रतिष्ठित पद्म भुषण पुरस्कार र सन् २०१५ मा दादासाब फाल्के पुरस्कारबाट सम्मानीत उनी फिल्मकर्मी पृथ्वीराज कपुरका कान्छा छोरा हुन्। अभिनेता, निर्देशक राज कपुर र सम्मी कपुर शसीका दाई हुन्।

शसीले शकुन्तला नाटकबाट अभिनय यात्रा सुरु गरेका थिए । उनले अभिनय गरेको पहिलो फिल्म आग हो । आग उनका जेठा दाई राज कपुरले निर्माण गरेका थिए । आवारा फिल्ममा शसीले आफ्ना दाई राजको बाल्यकालको अभिनय गरेका थिए।

शसीले सन् १९७४ देखि सन् १९९१ सम्म अभिताभ बच्चनका साथ रोटी, कपडे और मकान,दीवार, कभी कभी,इमान धरम,त्रिशुल,काला पत्थर, सुहाग,दो और दो पांच,शान, सिलसिला,नमक हलाल र अकेला गरी १२ वटा फिल्ममा अभिनय गरेका थिए । उनलाई बिशेषगरी दिवार फिल्मको मेरे पास मां हें डाइलगले नयां पहिचान दिलाएको हो । दिवारमा शसी रबि बर्मा नामक पुलीसको भूमिकामा छन् । उनको दाईको भूमिकामा अभिताभ बच्चन छन् । अपराधको दुनीयामा लागेका बिजय अर्थात् अभिताभले मेरे पास बंगला है, गाडी है, तुम्हारा पास क्या है ? भन्दा शसीले मेरो पास मां है भन्छन् । त्यो सम्वाद निकै चर्चित भएको थियो।शसीकी पत्नी जेनीफरको क्यान्सरका कारण सन् १९८४ मा निधन भएको हो । पत्नीको निधनपछि शसी निकै बिरक्तिएका थिए । उनका कुणाल,करण र संजना गरी तीन सन्तान छन् । शसीको निधनमा भारतीय राष्ट्रपति रामनाथ कोबिद,प्रधानमन्त्री नरेन्द्र मोदीलगायत बलिउडका हस्तीहरुले सम्वेदना ब्यक्त गरेका छन्। नयाँ पत्रिकामा खबर छ।





Comments

comments

Leave a Reply

20884