पुस १५ भित्रै नयाँ सरकार गठन गर्ने तयारी

काठमाडौँ, २६ मंसिर । नेकमा एमाले र नेकपा माओवादी केन्द्रले पुस १५ भित्रै नयाँ सरकार गठन गर्न गृहकार्य थालेका छन्।

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यहरुको अन्तिम सुची प्रकाशित गर्नेवित्तिकै नयाँ सरकार गठन गर्ने तयारीमा दुवै दल जुटेका हुन्।

निर्वाचन आयोगले सुची सार्वजनिक गर्नेवित्तिकै नयाँ सरकार गठन हुन्छ।

तयसको तयारी सुरु भएको छ, एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीका प्रवक्ता विष्णु रिमालले भने पुसको ७ गतेदेखि ढिलोमा १५ गतेभित्र देशले नयाँ सरकार पाउने खबर नागरिकमा छ।





Comments

comments

Leave a Reply

21069