पोखरा विमानस्थलमा ‘ट्राफिक जाम’

काठमाडौं, २४ असोज। पर्यटकीय सिजनको थालनीसँगै पोखरा विमानस्थलमा हवाई चाप थपिन थालेको छ। हवाईजहाजको चापसँगै बढेको ट्राफिक जामले पोखराको आकाशमा पर्यटक सयर गराउने अल्ट्रालाईट जहाजको उडान र अवतरणमा समस्या पर्न थालेको छ।

हवाई भीड बढेको भन्दै अवतरण तयारीमा रहेका अल्ट्रालाइट जहाजलाई लामो समयसम्म आकाशमा होल्ड गराउन थालिएको अल्ट्रालाइट कम्पनीले जनाएको छ।

पोखरा अल्ट्रालाइटका सञ्चालक पोमनारायण श्रेष्ठले विमानस्थलमा ट्राफिक जाम बढेर समस्या आएको बताए। ‘ट्राफिक जाम यति धेरै बढेको छ कि अल्ट्रालाइट जहाज २५ मिनेटसम्म आकाशमा होल्ड गर्नुपरेको छ, उनले भने, ‘हरेक उडानमा समस्या आउन थालेको छ।’

अल्ट्रलाइट जहाज उडानका लागि विहान साढे ६ देखि ११ र दिउँसो ३ देखि ५ बजेसम्मको समय छुट्याइएको छ। त्यहीबेला पोखरा-काठमाडौ र पोखरा-जोमसोम रुटमा हवाई उडान हुने गरेको समाचार आजको नागरिक दैनिकका छापिएको छ।

‘हवाईजहाज र अल्ट्रलाइटको उडान समय एकपटक परेकोले भीड बढेको हो,’ उनले भने, ‘उडान संख्या पनि धेरै छ।’

पर्यटकीय उडान सुरु भएसँगै वायुसेवा कम्पनीले उडान थपेका छन्। बुद्ध एयरले यतिबेला पोखरा-काठमाडौ रुटमा दैनिक नौ उडान गरिरहेको छ। यतिले ११ र सिम्रिकले ६ उडान गरिरहेको जनाएका छन्। तारा र सिमि्रमकले पोखरा-जोमसोम रुटमा दैनिक १० वटासम्म उडान गरिरहेका छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

2113