सरकारअघि पार्टी एकताको खाका तयार पार्ने

एमाले र माओवादीले नयाँ सरकार गठनअघि नै पार्टी एकताको खाका तयार पार्ने जनाएका छन्।

पार्टी एकता र सरकार निर्माणलगायत विषयमा संशय पैदा हुन थालेका दुवै दलका नेताहरु छिटो एकताको खाका तयार गर्दै सरकार निर्माणतर्फ लाग्ने निष्कर्षमा पुगेका हुन।आजको कान्तिपुरमा खबर छापिएको छ ।

पछिल्लो ५ दिन गृहजिल्ला चितवनमा बिताएर मंगलबार राजधानी फर्किएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बुधबार दिउँसो एमाले अध्यक्ष केपी ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका थिए । त्यहाँ दुई अध्यक्षबीच झण्डै डेढ घण्टा छलफल भएको थियो ।

भेटमा एकता र सरकार निर्माणमा भइरहेको आशंका चिर्दै छिटो निष्कर्षमा पुग्ने समझदारी भएको दुवै दलका नेताहरुले बताएका छन् । एकता र सरकार निर्माणको विषयमा दुई नेताकै तहमा धेरै कुरा छिनोफानो गरेपछि पार्टी एकता संयोजन समितिको बैठकबाट त्यसलाई अन्तिम टुंगो लगाउने तयारी छ। कान्तिपुरमा खबर छ।





Comments

comments

Leave a Reply

21334