ओली र दाहालले एकै मञ्चबाट भने ‘वाम गठबन्धन टुट्न दिन्नौं’

काठमाडौँ, १६ पुस । वाम गठबन्धनका प्रमुख नेता एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाम गठबन्धन तोड्ने प्रयास भएको बताउँदै यसलाई टुट्न नदिने बताएका छन्।

उनीहरूले अब मुलुक वाम गठबन्धनले हाँक्दै आर्थिक समृद्धितिर लैजाने उद्घोष गरे।

वाम गठबन्धन टुटाउन दाहाललाई ‘पाँच वर्ष प्रधानमन्त्री चलाउने’ अफर आएको ओलीले बताए।

‘वाम गठबन्धनको बहुमत आएको छ, यसलाई तोड्ने प्रयास भएका छन्, ती प्रयास काम लाग्दैनन्,’ एमाले उपाध्यक्ष वामदेव गौतमद्वारा लिखित ‘नेपाल नवनिर्माण महाअभियान’ पुस्तक विमोचनमा शनिबार उनले भने, ‘उहाँ ‘दाहाल’ लाई ५ वर्ष प्रधानमन्त्री दिने भन्ने कुरा माया गरेर भनेको हो रु देश बनाउन खोजेको हो ? होइन, यो बिथोल्न, बिगार्न आएको हो । जुन अब सम्भव छैन ।’ कान्तिपुरमा खबर छ।





Comments

comments

Leave a Reply

21385