पोखरामा यसरी मनाइयो सामुहिक खि ल्होछार / ल्होसार

हुम तमु / एचकेनेपाल डट कम –

पोखरा, १६ पुस। नेपाली राष्ट्रिय चाड, तमु जातिको महान एवं नयाँबर्ष (खि) तमु ल्होछार÷ल्होसार २०७४ कस्केली तमुहरुको सामुहिक रुपमा आइतवार(पुस १६ गते)भव्यताका साथ मनाएका छन्।

पुस १५ गते सम्म आ–आफ्नै संस्था, समाजमा मनाए पनि पुस १६ गते सामुहिक रुपमा विगत पाँच वर्षदेखि मनाउदै आएको हो।

पोखराको चिप्लेढुंगाबाट शुरुभएको ल्होछार÷ल्होसार शुभकामना र्याली शुरु गरी महेन्द्रपुल, नयाँबजार हुदै तमु धिं नेपालको प्राङगणमा सामुहिक खि तमु ल्होछार÷ल्होसारमा परिणत भयो । उक्त समारोहका प्रमुख अतिथि कास्कीबाट प्रदेशसभामा प्रत्यक्ष निर्वाचित प्रदेश सांसद मनबहादुर तमुले दिप प्रज्वलन गरी उद्घाटन गर्नुभयो ।

कार्यक्रमका तमु भाषामै खि ल्होछार÷ल्होसारको शुभकामना मन्तव्य व्यक्त गर्नुहुदै प्रमुख अतिथि सांसद मनबहादुर तमुले तमुहरुको अझै पनि पहिचान र अधिकार राज्यले सुनिश्चित नगरेकाले तमु समुदायका अधिकार सुनिश्चित गराउने वाचा गर्नुभयो । उहाँले जब तमुहरुले समान अधिकारको प्रत्याभुत गर्दैनन् त्यो बेलासम्म राष्ट्रिय गीत नगाउने भएकाले अधिकार लेखाएर छिट्टै तमुले राष्ट्रिय गीत गाउने वातावरण बनाउने बताउनुभयो। सबैले साथ दिनुस म तमु समुदायको अधिकार सुनिश्चित गराईछाड्छ् उहाँले दोहोर्याउनुभयो । तमुहरु विवादित नभई एकतावद्ध भए मात्रै अधिकार प्राप्ति हुने उहाँको भनाई थियो। उहाँले निर्वाचनमा आफु नभई तमु समुदाय विजयी भएको बताउनुहुदै सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । आफु तमुहरुको अधिकार र मुलुकको समृद्धिका लागि जुटिरहने भन्दै साथ सहयोगको अपेक्षा गर्नुभयो । आफु निर्वाचित मात्रै नभई जिम्मेवार, जवाफदेही र जनताको सुखदुखमा सधै साथ रहने प्रतिवद्धता व्यक्त गर्नुभयो।

विशेष अतिथि समानुपातिक प्रदेश सांसद मिना तमुले शुभकामना व्यक्त गर्नुहुदै तमुहरु इमान्दार मात्रै नभई अब बौद्धिक, चलाख र एकता भए मात्रै अधिकार स्थापीत गर्न सक्ने बताउनुभयो । तमुहरु अब स्वदेशमै रोजगारी, राष्ट्रिय पहिचान र मुलुकको समृद्धिका लागि जुट्नुपर्ने बताउनुभयो । पुरुष मात्रै नभई दिदिवहिनीहरु पनि समाज विकासका लागि भुमिका निर्वाह गर्न आग्रह गर्नुहुदै सबै सकरात्मक बन्नुपर्दछ भन्नुहुदै तमु धिं नेपालले सामाज परिवर्तन र एकताका लागि भुमिका निर्वाह गरेको भन्दै प्रसंसा गर्नुभयो।

अर्की अतिथि पोखरा लेखनाथ महानगरपालिकाका उपमेयर मञ्जुदेवी तमुले शुभकामना व्यक्त गर्नुहुदै ल्होछार जस्ता चार्डपर्वले मौलिक सँस्कृतिहरुको संरक्षण गर्ने भन्नुहुदै साँस्कृतिक धरोहर संरक्षणका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने बताउनुभयो।

नेपाल आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष धर्मबहादुर तमुले शुभकामना व्यक्त गर्नुहुदै तमुहरुको आदिवासी जनजातिहरु बहादुर मात्रै नभई बुद्धिमान र अधिकारप्रति सचेत रहेको दावी गर्नुहुदै पहिचान र अधिकारको आन्दोनका लागि जुट्नुपर्ने बताउनुभयो।

सामुहिक ल्होछार÷ल्होसारका कार्यसम्पादन संयोजक तथा तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले स्वागत मन्तव्य व्यक्त गर्नुहुदै तमुहरु अझै पनि राज्यबाट मात्र नभएर राजनीतिक पार्टीहरुमा पनि विभेदमा रहेको बताउनुभयो । सबैको एकताबाट मात्रै अधिकार प्राप्ति हुने उहाँको भनाई थियो।

धन्यवाद मन्तव्य व्यक्त गर्नुहुदै बौद्ध अर्घौं सदनका अध्यक्ष क्या.भुवनसिं तमुले तमुहरु सामुहिकतामा विश्वास गर्ने समुदाय भएकाले एकतावद्ध जरुरी रहेको बताउनुहुदै सहयोगी । सहभागीहरुलाई धन्यवाद व्यक्त गर्नुभयो।

समारोहका अध्यक्षता गर्नु भएका मुल आयोजक समितिका संयोजक तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद प्रदेश संयोजक दलबहादुर गुरुङले शुभकामना व्यक्त गर्नुहुदै तमुवान प्रदेशका लागि जुट्नुपर्नेमा जोड दिनुहुदै जस्का लागि एकता अवाश्यकछ, यदि सके राम्रो गर्ने नसके बिगार्न नहुने बताउनुभयो । सामुहिकता विथोल्ने प्रयासलाई दुखद भन्नुहुदै आगामी दिनमा एकता, शब्दहरुमा विवादरहित र धर्ममा तमुहरुको एक रुपताका आग्रह गर्नुहुदै मनबहादुर तमु र मिना तमु माननिय मात्रै नभएर मन्त्री बन्नुपर्छ भन्नुभयो।

सामुहिक ल्होछार/ल्होसार कार्यक्रममा आयोजित झाँकी प्रतियोगितामा प्रथम हुने दुधपोखरी तमु समाजले १५ हजार, दोश्रो भएकोे चिउली पार्चे तमु समाजले १० हजार, तेश्रो बाँझापाटन तमु समाजले ५ हजार रुपैया सहित प्रमाणपत्रबाट पुरस्कृत बन्यो । यसरी नै सान्त्वना स्थान हासिल गर्नेहरुमा नौलो सम्झना तमु समाज, मिलीजुली विजयपुर तमु समाज, जोगीमणी तमु समाज रहेका छन् । प्रथम पुरस्कारको प्रायोजन गुरुङ पर्यटन व्यवसाय संघ पश्चिमाञ्चल, दोश्रो पुरस्कार साँसद मिना तमु र तेश्रो गुरुङ कलाकार संघ कास्कीले प्रायोजन गरेका थिए।

चिप्लेढुंगाबाट शुभकामना र्याली शुरु हुनु अघि नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइराला र कास्की २(२)बाट निर्वाचित प्रदेश सांसद विन्दुकुमार थापाले शुभकामना व्यक्त गर्नुभएको थियो भने उहाँहरुलाई तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले खादा लगाएर स्वाग गर्नुभएको थियो।

यसैगरी सामुहिक ल्होछार÷ल्होसार कार्यक्रममा आयोजित राष्ट्रिय छेलो प्रतियोगितामा पार्दी तमु समाजका निरज तमु प्रथम, सुर्यमुखी तमु समाजका भासु तमु दोश्रो र रत्न श्री जिमका प्रदिप गिरी तेश्रो बन्दै क्रमशः २५ हजार, १० हजार र ५ हजार रुपैया सति प्रमाणपत्र, फेटा र खादाबाट पुरस्कृत बन्नुभयो । प्रथम पुरस्कार मादी गाँउ पालिकाका अध्यक्ष बेदबहादुर तमु श्यामले आफ्ना बुबा टेकसाइ तमुको स्मृतिमा गतवर्षदेखि प्रायोजन गर्दै आउनुभएको छ भने दोश्रो पुरस्कार आर एम सी पोखरा र तेश्रो पुरस्कार भुकम्पबाट अतिनै क्षतिग्रस्त गोरखाको लाप्राक घर भई नर्वे रहनु भएका जित तमुले प्रायोजन गर्नुभएको थियो।

कार्यक्रममा गुरुङ कलाकार संघ, जिफान, विभिन्न समाजका कलाकारसहित चर्चित राष्ट्रिय लोक दोहोरी गायिका शर्मिला गुरुङ, देवबहादुर तमुसहितको लमजुङे ठाडो भाकाको विशेष प्रस्तुतिले मनोरञ्जन प्रदान गरिएको थियो।

सामुहिक खि ल्होछार÷ल्होसार २०७४ को भव्यताका साथ मनाउन तमु ह्युला छोज धिं गुरुङ राष्ट्रिय परिषद प्रदेश नं. ४ का संयोजक दलबहादुर तमुको मुल आयोजक समिति र तमु धिं नेपालकी अध्यक्ष कर्म तमुको संयोजकत्वमा कार्यसम्पादन समिति तथा बौद्ध अर्घौ सदन, तमु धिं नेपाल, तमु ह्युला छोंज धिं गुरुङ राष्ट्रिय परिषद, ङ्योए तमु धिं लेखनाथ, तमु साँस्कृतिक प्रतिष्ठान नेपाल, तमु(गुरुङ) पर्यटन व्यवसायी संघ पश्चिमाञ्चल, गुरुङ फिल्म एशोसियसन(जिफान), तमु(गुरुङ)कलाकार संघ, गुरुङ प्राज्ञिक तथा व्यवसायिक मञ्च नेपाल, तमु(गुरुङ)सञ्चारकर्मी संघ आयोजक रहेको थियो।





Comments

comments

Leave a Reply

21395