नेपालीले अमेरिकी घरबारबिहीनलाई खाना खुवाए

नातिबाबु भट्ट –
कोलोराडो अमेरीका। कोलोराडोमा क्रियाशील लङमन्ट हिमालयज लायन्स क्लबको आयोजनामा घरबारबिहीन स्थानीयलाई नेपाली खाना बितरण गरिएको छ।

लङमन्ट नगरस्थित आवर सेन्टरमा आयोजित खाना बितरण कार्यक्रममा झण्डै १ सय ५० घरबारबिहीन स्थानीयहरुले नेपाली खाना दाल,भात, तरकारीको स्वाद लिई खुशी साथ खाएका थिए। उनीहरु भित्र पस्दा ओ स्मेल्स् गुड भन्दै पसेका थिए । खाना बितरण कार्यक्रमलाई सफलताका साथ सफल पार्न लायन्सका पदाधिकारी र समाज सेवीहरुको सक्रिय सहयोग र सहभागिता गरेको थियो।

आईतबार ११:३० देखि सुरु भएको खाना बितरण कार्यक्रम दिउसो १:३० बजे सम्म संचालन भएको थियो। खाना लायन्सका पदाधिकारीहरुले घर घरमा तयार पारी ल्याएर बितरण गरिएको थियो।

खाना बितरण स्थल आवर सेन्टरमा बिहान ८:३० बजेदेखि नै आयोजक लङमन्ट हिमालयज लायन्स क्लबका पदाधिकारी, स्थानीय समाजसेवी लायन्सका ६ नर्थ ईष्टका डिष्ट्रिक गर्भनर डेबिड डे, पूर्व डिष्ट्रिक गर्भनर केननोर गिल, ग्वोवल मेम्बर चेयर पर्शन देवमेण्डल हल, ६ नर्थ ईष्टका द्वितीय उपाध्यक्ष मिसायल गिल, ६ नर्थ ईष्टका चेयर पर्शन जोशन श्रेष्ठ, आवर सेन्टरका सुपरभाईजर केण्डी, बाल बालिकाहरु संस्कार श्रेष्ठ, आर्यन श्रेष्ठ, बलाम श्रेष्ठ , सुदक्षिणा भट्ट, सुदिक्षा भट्ट र आश्विनी श्रेष्ठ लगायत २३ जना सक्रिय रुपमा स्वयंसेवक भई काम गरेका क्लवका अध्यक्ष प्रमोद श्रेष्ठले बताए।





Comments

comments

Leave a Reply

21417