भारतको विहार राज्यका चर्चित नेता लालुप्रसाद यादवलाई सीबीआईको एक विशेष अदालतले चारा घोटालाको एक मामिलामा साढे तीन बर्षको सजाय तोकेको छ।
यादवलाई राँचीस्थित बिरसा मुन्डा जेलमा राखिएको छ ।
उनलाई उक्त सजाय भिडियो कन्फेरन्सको माध्यमबाट सुनाईएको हो।
अदालतले साढे तीन बर्षको जेल साजयसहित पाँच लाख रुपियाँ जरिवाना पनि तोकेको खबर नेपाल समाचारपत्रमा छ।