यसरी तितरवितर पारियो पोखराका ट्याक्सी चालकहरुलाई

सुदर्शन रञ्जित / एचकेनेपाल डट कम –

पोखरा, मिटरमा ट्याक्सी नचलाएको भन्दै प्रहरीले १८ जना ट्याक्सी चालकलाई प्रक्राउ गरेपछि आन्दोलनमा उत्रिएका ट्याक्सी चालकलाई प्रहरीले बल प्रयोग गरेर हटाएको छ।

पोखराको पृथ्वीचोक, चिप्लेढुंगा, सभागृहचोक लगायतका मुख्य चोकमा ट्याक्सी पार्किङ गरेर आन्दोलनमा उत्रिएका ट्याक्सी चालक तथा व्यवसायीलाई प्रहरीले हटाएको हो।

प्रहरीले आन्दोलनरत चालकलाई तितिरवितिर गराउँदै ठूलो संख्यामा पुगेका प्रहरीले सडकमै पार्किङ गरिएको ट्याक्सी धकेलेर बाटो खुलाएको हो भने फेरि केही ट्याक्सी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मुख्य चोकमा प्रहरीले धकेल्ने तथा तानेरै सडकबाट ट्याक्सी हटाएको दृश्य रोचक देखिन्थ्यो । कास्की प्रहरी प्रमुख एसपी अशोक सिंह कै कमाण्डमा प्रहरी टोली पुगेपछि भागाभाग भएको थियो।

मंगलबार सिभिल पोशाकमा प्रहरीले ट्याक्सीमा चढ्दै बढी असुल्ने ट्याक्सी चालकलाई पक्राउ परेको थियो। त्यसको विरोधमा ट्याक्सी व्यवसायी समिति पोखराको नेतृत्वमा व्यवसायी तथा चालक ट्याक्सी चलाउन बन्द गरेर आन्दोलनमा उत्रिएका थिए।

प्रहरीले सिभिल पोशाकमा आएर ट्याक्सी चलाकलाई बढी भाडाा लिएको भन्दै समातेपछि पोखराको मुख्य चोकमा ट्याक्सीलाई लाम लगाएर चालकले आन्दोलन गरेका थिए।

‘सिभिल पोशाकमा आएर ट्याक्सी चालकलाई बढी भाडा लिएको भन्दै पक्राउ गरेर अतंकित पार्ने काम गरियो,’ ट्याक्सी व्यवसायी समिति पोखरा सचिव तुलसी दाहालले भने, ‘भाडा समायोजन नगरी हामीले मिटरमा ट्याक्सी चलाउन सक्दैनौं ।’





Comments

comments

Leave a Reply

21535